२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’

दोर्दीखोला आयोजनाबाट चैतसम्ममा बत्ती बल्ने

दोर्दीखोला आयोजनाबाट चैतसम्ममा बत्ती बल्ने
अ अ+ अ-

लमजुङ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न गरेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको चार प्रतिशत मात्र काम बाँकी रहेको र आगामी चैत महिनामा बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ । 

आयोजनाका प्रबन्धक मुन्ना शाक्यका अनुसार मेकानिकल, इलेट्रो–मेकानिकल, पाइप बिच्छाउने, सुरुङको केही काम बाँकी छ । यीमध्ये पाइप बिच्छाउने र सुरुङको काम फागुनभित्रै सकिन्छ । तीन हजार २०० मिटर पाइप बिच्छाउनमध्ये तीन हजार १०० मिटर बिच्छाउने काम सम्पन्न भइसकेको र अब १०० मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । 

निर्माण सम्पन्न गर्नुपर्ने निर्धारित समय सकाउँदै समय थप गरी अघि बढ्दै गरेको यस आयोजनाले गत पुसबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो । कोभिडका कारणले निर्माणमा प्रभावित भएकाले केही समय ढिला हुँदा निर्माण अवधिसमेत केही समय लम्बिएको आयोजना कार्यस्थल प्रमुख दिपक ज्ञवालीले बताउनुभयो । 

बाँध स्थललगायतका अधिकांश काम पूरा गर्दै निर्माण सम्पन्नको चरणमा पुगेकाले अब भने समयमै काम सम्पन्न हुने उहाँको भनाइ छ । आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको यस आयोजना बेँशीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युत् गृह रहेको छ । यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको थियो भने विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । 

नाकाबन्दी, अघिल्लो बर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुगेको योजनाले जनाएको छ । पछि समय थपेर गत चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि गत असारसम्म सक्ने गरी सम्झौता भएको थियो । 

कोभिड–१९ का कारण लकडाउनले निर्माणलाई प्रभाव पार्दा उक्त मितिसमेतमा निर्माण सम्पन्न हुन सकेन । पछि समय थप गरेर गत पुस महिनासम्म निर्माण सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्य थियो । सो लक्ष्य पनि लक्ष्यमै मात्र सीमित हुन पुगेपछि फेरी समय थप गर्दै आगामी चैतभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ । शुरुमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिदै गएकाले चार अर्ब ६० करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान रहेको छ ।  

यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई गु्रपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालका अनुसार नेपाल विद्युत प्राधिकरण र सो कम्पनीबीच २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजनाको अनुसार सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने सम्झौता भएको छ । 

यस आयोजनाको बाँधस्थल र विद्युत् गृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छ मेटल एन्ड मेसिनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको जिम्मामा थियो । यस आयोजनाबाहेक अन्य चार जलविद्युत् आयोजनाले यस दोर्दी करिडोरमै निर्माण कार्य अगाडि बढिरहेको छ । तीमध्ये पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१, छयाङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन रहेका छन् । 

यस दोर्दी करिदोरमा निर्माणाधीन पाँच आयोजना करिब २४ अर्ब लगानीमा निर्माणाधीन छन् । यी आयोजनामध्ये केही आयोजनाले आगामी चैतभित्रै निर्माण कार्य सम्पन्न गर्दै विद्युत उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ । त्यस्तै, जिल्लामा केही आयोजना निर्माण हुने प्रक्रियामा रहेका छन् । त्यस्तै, केही आयोजनाले निर्माण कार्य सम्पन्न गर्दै विद्युत् उत्पादन गर्दै आइरहेका छन् । रासस