२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो



अ+ अ-

म्याग्दी । म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ । तरकारीको रूपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ ।

जिल्लाको कुइनेमङ्गले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जा लगायत गाउँबस्तीका स्थानीयले ढकायो टिप्ने गरेका छन् ।

रघुगङ्गा गाउँपालिका– ८ कुइनेमङ्गलेका जीवन छन्त्यालले अहिले लेकाली क्षेत्रका जङ्गलहरूमा ढकायो टिप्ने चटारो बढेको बताउनुभयो । एकप्रकारको जंगली साग ढकायोका पात र डाँठलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिएका उहाँले बताउनुभयो ।

त्यसलाई गुन्द्रक बनाएर बेमौसममा समेत उपभोग गनेृ गरिन्छ । सो गुन्द्रक उपहारका रुपमा देशका विभिन्न भूभाग र विदेशमा समेत लैजाने चलन रहेको कुइनेमङ्गलेका नरे छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखदेखि असारको पहिलो हप्तासम्म ढकायोसँगै निउरो, वनलसुन, वनधनिया, टुसा, च्याउसमेत सङकलन गर्ने गरिएको उहाँले बताउनुभयो । रासस