२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितकुण्डोको तालिम सम्पन्न



अ+ अ-

काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको दुईदिने तालिममा ४ प्रदेशका १२ जिल्लाबाट ३५ जना सहभागी थिए ।

सहभागीलाई नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले प्रशिक्षण दिएका थिए । तालिममा जितकुण्डोका परिवर्तित नयाँ नियमलगायतका विषयमा जानकारी गराइएको थियो ।

तालिम समापनका अवसरमा प्रमुख प्रशिक्षक थापाले आफूले सिकेको ज्ञानलाई व्यवहारमा परिणत गर्न सके मात्र उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गरे । तालिम आगामी जेठमा टोखामा हुने मेयर कप जितकुण्डो प्रतियोगितालाई लक्षित गरी आयोजना गरिएको प्रमुख प्रशिक्षक थापाले जानकारी गराए ।