१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी

‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
अ अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका—६ बुडोलडाडाँका गगनराज श्रेष्ठले ईनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो । घरनजिकै सामूहिक धारा भए पनि पालो कुरेर थाप्नुपर्ने बाध्यताका कारण उहाँले ईनारकै पानी प्रयोग गर्दै आउनुभएको थियो ।

“पुरानो बनेपामा खानेपानी संस्थानले पानी वितरण गर्दै आएको छ तर बुडोलडाँडामा भने त्यस्तो सुविधा कहिल्यै पाएनौँ । त्यसैकारण लाइनबसेर धारामा पानी थाप्नुपर्ने वा ईनारकै पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो हामीलाई”, गगनराजले भन्नुभयो ।

स्थानीय रामचन्द्र थापाले पनि धारासम्म पुग्न पाँच/सात मिनेट लागे पनि पालो पाउन धेरै कुर्नुपर्ने बाध्यताले हैरानी खेप्नुपरेको गुनासो गर्नुभयो ।

यो समस्या गगनराज र रामचन्द्रको मात्रै होइन । अधिकांश नगरबासीका लागि खानेपानी नै सबैभन्दा ठूलो समस्याका रूमा गुनासो छ ।

पछिल्लो समय भने बनेपा नगरपालिका वडा नं ६ ले खानेपानी आपूर्तिमा सक्रियता बढाएपछि स्थानीयहरू उत्साहित भएका छन् । वडाले राजीतिक दल र सामाजिक अगुवाहरूसहित ‘वडासँग नगरबासिन्दा अभियान’ सञ्चालन गरी खानेपानी समस्या समाधानको प्रयास गरिरहेको छ । त्यसका लागि सहयोग तथा समन्वय समिति गठन गरी खानेपानी व्यवस्थापन अभियान सुरूगरेपछि स्थानीयहरू उत्साहित भएका हुन् ।

सहयोग तथा समन्वय समितिका अध्यक्ष कृष्णबुद्ध बजगाईले वडाबासीलाई खानेपानी उपलब्ध गराउन वडाअध्यक्षको सक्रियतामा वैकल्पिक स्रोतका रूपमा स—साना मुहान एकीकृत गर्ने र डीपबोरिङमार्फत खानेपानी व्यवस्थापन गर्ने अभियान अगाडि बढाइएको बताउनुभयो । उहाँले उपभोक्ता समितिको लागत सहभागितामा करिब रु दुई करोड लागतको ‘एक घर एक धारा’ अभियानसहित खानेपानी व्यवस्थापनका काम अगाडि बढाइएका र चालु आर्थिक वर्षभित्र करिब आठ सय घरधुरीलाई खानेपानी खुवाउने गरी काम भइरहेको बताउनुभयो ।

वडाध्यक्ष सचितानन्द केसीले वडामा मुख्य समस्याका रूपमा रहेको खानेपानीको अभाव पूर्ति गर्न समिति बनाएर काम सुरूगरिरहेको बताउनुभयो । “अहिले वडाको मुख्य समस्या नै खानेपानीको व्यवस्थापन गर्नु हो । निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले समेत यहाँको समस्या समाधान गर्दाजस्तो नलागेपछि हामी आफैँ खानेपानी व्यवस्थापनमा जुटका छौँ”, उहाँले रासससँग भन्नुभयो । पानीको दीगो व्यवस्थापन र समानुपातिक वितरणका लागि सबै राजनीतिक दल र सरोकारवालाहरुको सामूहिक सहभागितामा पानीको स्रोत व्यवस्थापन र डीपबोरिङमार्फत पानी सङ्कलको काम गरिने उहाँको भनाइ छ ।

उहाँकाअनुसार हाल प्रदेश सरकारकोरु ३० लाख रुपैयाँबाट खत्रीगाउँमा डीपबोरिङ र एक लाख ७५ हजार क्षमताको पानी ट्याङ्की, डाँडागाउँमा तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण र मुख्य पाइपलाईन विछ्याउने काम भइरहेको छ भने गोसाइँस्थानमा डीपबोरिङ खानेपानी सम्पन्न भई कार्कीगाउँ, कुइँकेलगाउँ, चाल्नेढुङ्गा, २८ किलो क्षेत्र र गैरीगाउँ क्षेत्रमा पानी वितरणको काम भइरहेको छ । त्यसैगरी काभ्रे क्याम्पसभन्दा माथि दुई लाख लिटर क्षमताको ट्याङ्की बनाउने काम भईरहेको छ भने बुडोल, रातामाटे, सुवाल टोललगायत स्थानका लागि करिब रु दस करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको वडाध्यक्ष केसीले बताउनुभयो ।