१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा

पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा आयोजित ‘नेशनल कल्सल्टटिभ वर्कशप अन न्युट्रेसन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राणाले पोषणको क्षेत्रमा सरकारले बजेट बढाउनुपर्ने बताउनुभएको हो ।

उहाँले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकाको पोषणको आधारमा भविष्यमा कस्तो नागरिक हुन्छन् भन्ने निक्र्यौल हुने भन्दै उनीहरुको पोषणका निम्ति राज्यले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले पोषणलाई सरकारको प्राथमिकतामा पार्नको निम्ति स्थानीय तहदेखि नीतिगत तहसम्म पहल जरुरी रहेको बताउनु भयो । उहाँले पोषणका सम्बन्धमा सरकारको विभिन्न रणनीतिहरु भएको उल्लेख गर्दै रणनीतिको कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पोषण एउटा असाध्यै महत्वपूर्ण कडी हो । जब एउटा सानो बच्चा जन्मिन्छ, पेटदेखि नै हामीले पोषणको ध्यान दिएनौँ भने हाम्रो देशको नागरिक कस्तो हुन्छन् ? अहिले मात्रै होइन भविष्यमा पनि उहाँहरुको कस्तो किसिमको सिकाइ हुनसक्छ ? कस्तो किसिमको स्वास्थ्य हुन सक्छ ? र पहुँच कहाँसम्म पुग्नसक्छ भन्ने कुरा पोषणमा निर्भर छ । हामीले प्राथमिकिकरण के मा गर्ने ? अर्थ समितिबाट आउनुभएको माननीयज्यूहरु पनि यहाँ हुनुहुन्छ । बजेटमा काटिएर आउने भन्नेकुरा सुनियो ।’

‘त्यसलाई लबि गरिदिनुहुन म राष्ट्रिय रुपमै अनुरोध गर्न चाहन्छु । अहिले पोषण दिने कुरा ५ कक्षामा घट्यो । पैसा पनि १५ रुपैयाँले के आउँछ ? एकातिर भाउहरु बढिरहेको छ भन्ने थाहा छ भने नेपाल सरकारको प्राथमिकतामा पोषण पर्छ कि पर्दैन ? सरकारको प्राथमिकतामा पोषणलाई पार्नका निम्ति हामी सबैले स्थानीय तहदेखि नीतिगत तहसम्म हामीले पहल गर्नुपर्ने देखियो । रणनीति बनाउनु राम्रो हो । तर साँच्चिकै हामीले कार्यान्वयन गर्ने हो कि होइन । १०/१२ वटा त रणनीति रहेछ । रणनीति मात्रै बनाएर भएर । त्यसलाई कार्यान्वयन गर्न जे काम गर्नुपर्ने हो, बजेटलाई प्राथमिकतामा नेपाल सरकारले हाल्नुपर्‍यो भन्नेकुरामा हामी जानुपर्छ । म चाहीँ कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु । कृषि पोषणसँग पनि सम्बन्धित छ । यो क्षेत्रमा नेपाल सरकारको बजेट हुनुपर्‍यो ।’

उहाँले आफू कृषि क्षेत्रमा पनि सरकारले बजेट बढाउनुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो ।