२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला फुटबल: सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । 

एफिएफ क्लबले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो । एपिएफ क्लबको यो लगातार दोस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले मध्यान्तरअघि नै ४–० गोलको अग्रता बनाएको थियो । मध्यान्तरपछिको खेलमा एपिएफले थप तीन गोल गर्यो । खेलको नवौँ मिनेटमा एपिएफकी अनिता केसीले पहिलो गोल गर्नुभएको थियो । खेलको २५ औँ मिनेटमा सावित्रा भण्डारीले आफ्नो व्यक्तिगत पहिलो गोल गर्नुभयो । 

खेलको ४२ औँ मिनेटमा भण्डारीले नै व्यक्तिगत दोस्रो, खेलको ७४ औँ मिनेटमा भण्डारीले व्यक्तिगत तेस्रो तथा खेलको ८९ औँ मिनेटमा व्यक्तिगत चौथो गोल गर्नुभएको थियो । यस्तै अनिता केसीले खेलको ३५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्नुभएको थियो । यसैगरी एपिएफकी सरु लिम्बुले खेलको ७२ औँ मिनेटमा गोल गर्नुभएको थियो । खेलको प्लेयर अफ दी म्याच सरु लिम्बु घोषित हुनुभयो । एपिएफले पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले हराएको थियो । 

विराटनगरले भने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिकासँग एक एक गोलको बराबरी खेलेको थियो । महिला लिग फुटबलअन्तर्गत आज उदयपुरको चौदण्डीगढी नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।