२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको दुर्गम भेगका एक हजार जनाको नि:शुल्क उपचार



अ+ अ-

भोजपुर । गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय तहका एक हजार बढी स्थानीयले नि:शुल्क स्वास्थ्य सेवा पाएका छन् । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका एक हजार ७३ जनाले विषेशज्ञ डाक्टरबाट सेवा पाएका हुन् ।

नोबल मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा भेटिएका जटिल समस्या भएका एक सय ३४ जनालाई शल्यक्रियाको लागि सिफारिस गरिएको छ । षडानन्द नगरपालिकाका–६ का ६४ वर्षीय स्थानीय निलबहादुर खड्गीले “भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ”, भन्नुभयो, “नि:शुल्क स्वास्थ्य शिविरमार्फत सबै खालका रोग उपचार गर्न पाइयो । धेरै खुसी लागेको छ । यही उपचार लिन बाहिरका अस्पतालमा जाँदा धेरै खर्च हुन्थ्यो ।”

शिविरमा सेवा लिन आउनुभएकी पवित्रा दर्जीले “शिविर सञ्चालनले दुर्गम क्षेत्रका हामीजस्ता धेरै नागरिकले सेवा पाएका छौँ”, भन्नुभयो, “सहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरूले उपचार गर्न पाएका छौँ ।”

शिविरमा जनरल मेडिसिन तथा मुटुरोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक, कान घाँटी, न्यूरो सर्जरी, फोक्सो, छाला तथा यौनरोग, कलेजो तथा नसारोग, ल्याब परीक्षण, भिडियो एक्सरे, बालरोगलगायत रोगको नि:शुल्क उपचार गरिएको थियो ।




भर्खरै