५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा सिटीले ब्राइटनलाई उसकै घरेलु मैदानमा ४–० गोलले हरायो ।

सिटीलाई सहज जित दिलाउन फिल फोडेनले २ तथा केभिन डी ब्रुएना र युलियन अल्भारेजले १–१ गोल गरे ।

सिटीले १७ औं मिनेटमा डि ब्रुएनाको गोलबाट अग्रता लिएको थियो । त्यसपछि २६ औं र ३४ औं मिनेटमा फोडेनले गोल गर्दै पहिलो हाफमै सिटीलाई ३–० को अग्रता दिलाए ।

यता, ६२ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ४–० गोलको जित दिलाए । जितसँगै सिटी ३३ खेलबाट ७६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

एक–एक खेल बढी खेलको आर्सनल ७७ अंकसहित शीर्षस्थानमा रहँदा लिभरपुल ७४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।