२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारका अमिर स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर आज स्वदेश फर्किनु भएको छ । उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव वैकुण्ठ अर्याललगायत उपस्थित हुनुहुन्थ्यो । कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ मङ्गलबार यहाँ आइपुग्नु भएको थियो । कतारका अमिरले सोही दिन साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नुभएको थियो । भेटवार्तापछि राष्ट्रपति पौडेलले उहाँको सम्मानमा सोही दिन साँझ राजकीय भोजको आयोजना गर्नुभएको थियो ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । उक्त वार्ताका क्रममा दुईदेशबीच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगष्टमा राजदुतावास स्थापना गरेको थियो । रासस

तस्बिर : प्रदिपराज वन्त / प्रधानमन्त्रीको सचिवालय