१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टिकाटिप्पणी भयो: सांसद पौडेल

दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टिकाटिप्पणी भयो: सांसद पौडेल
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका नेतृत्व मठाधीश बनेका कारण लोकतान्त्रिक प्रणालीमाथि नै टिकाटिप्पणी हुने गरेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता विषयक संवाद कार्यक्रममा बोल्दै सांसद पौडेलले दलका नेतृत्वहरु मठाधीश बनेका कारण लोकतन्त्रमाथि प्रश्न उठ्न थालेको बताउनुभएको हो । उहाँले अहिलेको लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता नै नभएको टिप्पणी गर्नुभयो ।

उहाँले लोकतन्त्रको विकल्प अर्को कुनै शासन प्रणाली नहुने स्पष्ट पार्दै संविधानलाई कार्यान्वयन गर्न नसक्दा लोकतन्त्र कमजोर हुने बताउनु भयो । उहाँले संविधानले कुनैपनि मठाधीश, निरंकुश शासक र सामन्तीको परिकल्पना नगरेको भएपनि नेतृत्वको व्यवहार निरंकुश शासक र सामन्तीको भन्दा फरक नभएको बताउनु भयो । दलमा नेतृत्वकै कुरा सर्वेसर्वा हुने भन्दै उहाँले नेतृत्व मठाधीशको रुपमा प्रश्तुत हुने गरेका बताउनु भयो । उहाँले उहाँले राजनीतिक दलहरुले आन्तरिक लोकतन्त्रको सम्पूर्ण रुपमा प्रयोग नगरेसम्म दलिय व्यवस्था सुदृढ हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले शिर्षक हेरेँ । लोकतन्त्र, नीति, नेतृत्व र नैतिकता । एकदमै धेरै क्रिटिकल भएर भन्दा हाम्रो लोकतन्त्रमा यो तिन चिजबाहेक सबै कुरा छ । तर हाम्रो लोकतन्त्रभित्र यो छ भनेर नीछि छ, नेतृत्व नैतिकवान छ, या समग्र राजनीति नैतिकवान छ भनेर भन्नसक्ने स्थिति छैन । नीति, नेतृत्व र नैतिकता नभएको लोकतन्त्र हामीले खोजेको लोकतन्त्र हो त ? मैले निराशा बाँड्न खोजेको होइन । दुनियाँमा लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ । लोकतन्त्रको विकल्प अर्को कुनै शासन प्रणाली हुँदैन । संसारको सबैभन्दा अधिकार सम्पन्न नागरिक बन्न पाएका हामीहरु, हामीलाई अधिकार दिने यो व्यवस्थाप्रति किन असन्तुष्छ छौँ ? यो व्यवस्थाको यति ज्यादा किन टिकाटिप्पणी भइरहेको छ ? लामो संघर्ष र बलिदानबाट प्राप्त भएको यो उपलब्धी हाम्रालागि कामयाव किन हुन सकिरहेको छैन ? यसको खोट कहाँनिर छ ? यसको खोट संविधानभित्र छ, मान्छेहरुले भन्ने गर्छन् । यो संविधानको ६ वर्ष मात्रै भयो । ६ वर्षमै संविधानका धाराहरु फेरेर हामीले नयाँ व्यवस्था गर्नुपर्छ भन्नेकुरा उपयुक्त हो भन्ने लाग्दैन । संवैधानिक व्यवस्थाले लोकतन्त्र कमजोर बनाउने काम कहीँ पनि गरेको छैन । संविधानमात्रै भएर हुँदोरहेनछ ।’

‘त्यो संविधान कार्यान्वयन गर्ने शैलीमा समस्या भयो भने लोकतन्त्र कमजोर हुँदोरहेछ । संविधानको आशय के हो ? संविधानले कुनैपनि मठाधीशको परिकल्पना गरेको छैन । संविधानले कुनैपनि निरंकुश शासकको परिकल्पना गरेको छैन । सामन्तीको परिकल्पना गरेको छैन । संविधानले त जनताका प्रतिनिधिलाई सेवक भनेको छ । तर आज हाम्रो नेतृत्वको व्यवहार सामन्तीको भन्दा कहाँनिर फरक छ ? हाम्रो नेतृत्वको व्यवहार निरंकुश शासक या राजतन्त्रभन्दा कहाँनिर फरक छ ? संविधानमा भएको आशय अनुसार नेतृत्वले व्यवहार गर्न नसकेको कारणले समस्या भएको हो । संविधानले भन्यो समानुपातिक प्रणाली राखेर भुँइमान्छेलाई माथि ल्याउँ । प्रतिस्पर्धा गर्नसक्ने क्षमता बढाउँ । तर आज नेपालको कुनचाहीँ नेताले संविधानको त्यो मर्मलाई बुझेर त्यस अनुसार समानुपातिक प्रतिनिधित्व गराउने काम भयो ? संविधानको आशय बमोजिमको संघीयता आज हाम्रो व्यवहारमा कस्तो भएको छ ? महंगो, बोझिलो संघीयता । बोक्नै नसक्ने संघीयता । चालु खर्च बढाउने संघीयता । केही सिमित मान्छेहरुले सुविधा उपभोग गर्ने संघीयता ।’

‘संघीयताको यो परिभाषा होइन । तर हाम्रो व्यवहारले संघीयताको परिभाषा यस्तो बनाइदियो । दलको नेतृत्व नयाँ होस् वा पुरानो । नेतृत्वको सबै कुरा चल्छ । त्यो नेतृत्व होइन । मठाधीश हो । उसले आदेश गर्छ, फलानो, फलानो मन्त्री हुने । फलानो, फलानो मत्रालय लिने । त्यो भन्दा फरक कुरा अरु कसैले गर्न सक्दैन । उसले आदेश, फर्मान जारी गर्छ, यो विषयमा यसो भन्ने । त्यो भन्दा फरक कुरा विवेकमा लाग्यो भनेपनि कसैले बोल्न सक्दैन । यो दलिय व्यवस्था हो । दलिय व्यवस्थामा दल सुदृढ नभएसम्म, दल लोकतान्त्रिक नभएसम्म, दलले आन्तरिक लोकतन्त्रको सम्पूर्ण रुपमा प्रयोग गर्न नसकेसम्म दलिय व्यवस्था सुदृढ हुन सक्दैन । दलहरुलाई मठाधिसहरुले चलाएका कारणले समस्या उत्पन्न भयो । नेतृत्वको व्यवहार लोकतान्त्रिक हुन सकेन । विधि, व्यवस्था अनुसार होइन । व्यक्तिको प्रभुत्व लाद्ने ढंगबाट व्यवहार भयो । त्यसकारण टिकाटिप्पणी भयो । हामीले हाम्रो लोकतन्त्रलाई विधिको शासन भएको महशुस गर्ने स्थिति निर्माण गर्नका निम्ति, कानूनी राज्य भएको स्थिति निर्माण गर्नका निम्ति दलभित्र व्यापक रुपमा सुधारको आवश्यकता छ ।’

उहाँले लोकतन्त्रलाई विधिको शासनको रुपमा महशुस गराउन र कानूनी राज्य भएको स्थिति निर्माण गर्न दलभित्र व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो ।