२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रलाई बलियो बनाउन हरेकले आ–आफ्नो भुमिकालाई परिस्कृत गर्नुपर्छ: एमाले सचेतक बराल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले लोकतन्त्रलाई बलियो बनाउन हरेकले आफ्नो भुमिका थप परिस्कृति बनाउन जरुरी रहेको बताउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित ‘लोकतान्त्रिक प्रणाली नीति, नेतृत्व र नैतिकता’ विषय छलफल कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दल र नागरिक समाजले लोकतन्त्रलाई बलियो बनाउनका लागि आफ्नो भुमिका थप परिस्कृत बनाउनुपर्ने बताउनुभएको हो ।

सचेतक बरालले लोकतन्त्रलाई बलियो बनाउने गरी राजनीतिक नेतृत्व र त्यसको नैतिकताको विषयमा पनि खबरदारी गर्ने कुरालाई निरन्तरता दिनुपर्ने धारणा समेत राख्नुभयो । उहाँले हालसम्म प्राप्त अनुभव र अनुभुतिका विषयलाई आत्मसात गरेर अघि बढ्नसके समृद्ध नेपाल: सु:खी नेपालीको राष्ट्रिय संकल्प पूरा हुन कुनैपनि समस्या नहुने विश्वास व्यक्त गर्नुभयो । सचेतक बरालले एउटा सांसदको हैसियतले आफूले लोकतन्त्रको सुदृढीकरणका लागि इमान्दार ढंगले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रलाई बलियो बनाउनका लागि तपाई, हाम्रो भुमिकाहरु थप परिस्कृत बनाउन जरुरी छ । अनुभव र अनुभुतिका विषयहरु कहिल्यै पनि गलत हुँदैनन् भन्ने कुरामा म तपाईहरुसँगसँगै छु । तर यो सँगसँगै तपाई हामीले सहकार्य गर्दैगर्दा सामाजिक संरचना भित्र देखिएका नैतिकता विषय र हामीले नेतृत्वलाई गर्दै आएको खबरदारीको विषयलाई भने सँगसँगै निरन्तरता दिउँ । यसैबाट पक्कै पनि हामीले परिकल्पना गरेजस्तो सुखी नेपाली: समृद्ध नेपाललाई पूरा गर्नका लागि सफल हुने विश्वास र सकारात्मक ऊर्जाका साथ सबैलाई लोकतन्त्रको दिवसको अवसरमा शुभकामना दिन चाहन्छु ।’

सचेतक बरालले राष्ट्रको समृद्धि र स्वाभिमानमा आँच आउन नदिने काममा पनि आफू लागिपर्ने बताउनु भयो ।