१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ: ओली

संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ: ओली
अध्यक्ष ओली काठमाडौँ, १० वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा सोमबार ललितपुरको गोदावरीमा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा मन्तव्य राख्दै नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली तस्बिरः किरणराज विष्ट÷रासस
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संंघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सवलीकरणमा एकतावद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

सोमवार ललितपुरको गोदावरीथित सनराईज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताउनु भयो । उहाँले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले पूर्वराज्ञा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताउनु भयो । उहाँले सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरिवी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी सहकार्यको माध्यामबाट निकट हुँदै जान्छौं । अहिले सहकार्यको माध्यामबाट अगाडि बढ्छौ । र क्रमश: हामी एकताको बाटोमा पुग्न सक्छौं । त्यस बिन्दुमा पुग्न सक्छांै । तर अहिलेनै एकीकरण गरौ, देशभरीका सबै मिलौं भन्ने हो भने फुटेका किन थियौं ? के भएर फुटेका थियौ ? यस्ता प्रश्नहरु उठ्छन् । अहिले सहमती, सहकार्य । सहकार्यका निम्ति सहमतीबाट जाऔं । अर्को कुरा के हो भने अहिले यतिबेला ठयाक्कै वामपन्थीहरु मिलेर मात्रै अगाडि बढ्ने अवस्था होइन । देशभक्त शक्तिहरु राष्ट्रिय शक्तिको रुपमा जसले काम गर्न मञ्जुर गर्छ, त्यस्ता शक्तिहरु, देशको पक्षमा, सार्वभौमसत्ताको पक्षमा, देशको स्वाधिनताको पक्षमा, स्वतन्त्रताको पक्षमा भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रिय हितहरुको पक्षमा र राष्ट्रिय स्वाभिमानको पक्षमा हुने मानिसहरु । भ्रष्टचार नगर्ने र भ्रष्टाचार हुन नदिने, भ्रष्टाचार नियनन्त्रणको पक्षमा हुने व्यक्ति र शक्तिहरु । त्यसै गरेर विकासलाई अघि बढाउनु पर्छ ।’

‘समाजमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्छ, अनेक प्रकारका साम्प्रदायिक विद्वेष भड्काउने खालका, देशको विविधतालाई दुरुपयोग गर्ने खालका हाम्रा भाषा, जातजातिका संस्कृतिहरुको सम्मान गर्न छोडेर तिनका बीचमा अविश्वास बढाउने, त्यस्ता खालको क्रियाकलाप गर्‍यो भने देश बिथोलिन्छ । देशमा अनेकता हुन्छ । देशमा एकता भएर राष्ट्र निर्माण गर्ने अभियानलाई यसले कुठाराघात गर्छ त्यसले । त्यसकारण त्यस्तो नगर्ने राष्ट्रिय एकताको पक्षमा रहेका यस्ता शक्तिहरु मिलेर अगाडि बढ्न सकिन्छ । दुई वटा पक्ष छ एकताका । अहिले सिंगै देश एक हुनुपर्दछ । सिंगै देश के कुरामा एक हुन सकिन्छ भने अहिल संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरौं, सबल बनाऔं । यसलाई माध्यम बनाएर सुशासन र विकासको बाटोमा अगाडि जाऔं । साम्प्रदायिक विद्धेष होइन, सामाजिक सदभाव कायम गर्दै राष्ट्रिय एकता कायम गरौं । यसबाट अगाडि बढन सकिन्छ । लोकतन्त्रको रक्षा गरौं, लोकतन्त्रको विकल्प खोज्ने होइन । त्यस मामिलामा सिंगै देश एक हुन सकिन्छ । हुुनपर्छ । अब एउटा कुनातिर बसेर केहीमान्छे देखिहाल्यो भने हौसिएर प्रतिगमनका कुरा गर्ने यस्ता खालका कुराहरु छोडौं । साम्प्रदायिक विद्धेष भडकाउने यस्ता खालका कुराहरु छाडौं । अहिले नयाँ कुरा के के न उठेजस्तो यस्तो गर्नुपर्ने आवश्यक्ता छैन । हिजो पनि मेची अञ्चल थियो, कोशी अञ्चल थियो । यस्तो थिए हिजो पनि नाम । सरकारमा अहिले नयाँ समिकरण बनेको छ ।’

‘यो समिकरण यिनै प्रश्नहरुमा र त्यसमा पनि विकास, निर्माण गर्ने, शान्ति सुरक्षा कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, यी अभियारा । देशमा विकासको अभियान चलाउने र जल्दाबल्दा जनताका समस्याहरु समाधान गर्ने, भूमिहीन सुकुम्वासीका समस्यादेखि लिएर, गरिवहरुका समस्याहरुदेखि लिएर अरु समस्या समाधान गर्ने देशको सबैभन्दा ठूलो चूनौति के हो यतिबेला भने र कलंकको विषय के हो भने २१ औं शताब्दीमा पनि प्रगतिशील, लोकतान्त्रिक सरकारहरु बनिसकेपछि यस्तो उर्वर भएको जीवन्त र जीवनमय देशमा भोकमरी, गरिवीको समस्याले जनता पिल्सिनु र हामी त्यसलाई सम्बोधन गर्न असफल हुनु सबैभन्दा अशोभनीय नसुहाउने कुरा हो । त्यसकारण यसको अन्त्य गरिनुपर्छ । अहिले हामी सरकारमा हुनेहरुको अहिलेको प्रमुख कर्तव्य त्यो हो कि हामी गरिवीको अन्त्य गरौं । गरिवी निवारण गरौं हामीले ठोस कार्यक्रम त्यसका लागि बनाउनु पर्दछ । र, त्यो काम भष्टाचार नियन्त्रण गरेर विकासका ठोस योजनाहरु ल्याएर नयाँ ढंगले प्रयोग गर्नसक्छौं । सरकारमा रहेका दलहरुले यी कुराहरुलाई ध्यान राखेर फराकिलोपनका साथ र साँच्चै हामीले केही गर्नुछ भन्ने कुरालाई ध्यानमा राखेर पोलिटिक्सलाई खाली प्रचारबाजीको विषय होइन, उपलब्ध प्राप्त गर्ने विषयको रुपमा अगाडि बढाउनु पर्छ । यस हिसावले हामी अगाडि बढनु पर्छ भन्ने कुरा म राख्न चाहन्छु ।

ओलीले एमालेले नाजायज ढंगले कुनैपनि खालको अडान नराख्ने जिकिर समेत गर्नुभयो । उहाँले तत्काल वामपन्थीहरु एकता हुने अवस्था नरहेको पनि दोहोर्‍याउनु भयो ।