१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

ओलीलाई देउवाले भने: काँग्रेसलाई गाली गर्ने होइन, मदनको हत्यारा पत्ता लगाउनुस्

ओलीलाई देउवाले भने: काँग्रेसलाई गाली गर्ने होइन, मदनको हत्यारा पत्ता लगाउनुस्
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सोमवार ललितपुरको गोदावरीथित सनराईज हलमा नेकपा एमालेद्धारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उहाँले मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न समेत गर्नुभयो । काँग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाई थियो ।

उहाँले मदन भण्डारी आफूहरुको पनि नेता भएको उल्लेख गर्दै तर उहाँको हत्यारा पत्ता लगाउने काम किन गरिएन ? भन्ने मदन भण्डारीकी धर्मपत्नी समेत रहनुभएकी विद्या भण्डारीलाई पनि प्रश्न गर्नुभयो । दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको उल्लेख गर्दै सभापति देउवाले त्यसमा काँग्रेसले कुनै व्यवधान खडा नगरेको पनि बताउनु भयो । उहाँले काँग्रेसलाई गाली गर्नेहरुले मदन भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘काँग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उहाँको ड्राईभर पनि मारियो । त्योसम्म अहिलेसम्म पत्ता लगाउन सकेको छैन । भनेदेखि मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन । तर मार्नेको पत्ता किन लागेन ? त्यसकारण काँग्रेसको विरोध गर्न सजिलो होला । गर्नुस् केही छैन । तर आफ्नो पनि भन्नु पर्‍यो नि । किन मदन भण्डारीको हत्यारा पत्ता लागेन । काँग्रेस लुकेको छ यहाँ ? कहाँ लुकेको छ ? त्यसैले यो रहष्यमय हत्या । दुई पटक राष्ट्रपति बनिसक्नु भयो । प्रधानमन्त्रीहरु बनिसकेको सबै । खै पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन । त्यो कुरा पत्ता लगाउनुपर्‍यो तपाईहरुले । गणेशमान हाम्रो नेता हो । देशका महत्वपूर्ण कार्यहरुमा हामी बीच सहकार्य भएको पनि लामो इतिहास छ । २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको जनआन्दोलन, वर्तमान संविधान हामी बीचका सहकार्यबाट मुलुकले प्राप्त गरेको उपलब्धिका उदाहरण हुन् ।

नेपाली काँग्रेसले सधैभरी देशको महत्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरुबीच संवाद, सहमती र सहकार्यको नीति लिँदै आएको छ । हामी त्यसको निरन्तरताको पक्षमा छौं । अहिले पनि मुलुकमा कतिपय यस्ता विषयहरु छन्, जसमा हाम्रा संवाद, सहकार्य र सहमतीको आवश्यकता छ भन्ने गरेको छु । वर्तमान संविधान हामीले मिलेर सहमतीमा बनाएका हौं । यस संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको सुनिश्चितता गरेको छ । संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, नागरिकको मौलिक हक अधिकार र देशको आर्थिक उन्नति गर्नु हाम्रो जिम्मेवारी हो । संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यामले देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि हाम्रो बीचमा न्युनतम सहमती आवश्यक छ । हामीले अभ्यास गरेको व्यवस्थामा संसदको भुमिका महत्वपूर्ण हुन्छ । संसदलाई राष्ट्रको हितमा क्रियाशीलतापूर्वक काम गर्ने वातावरण सुरक्षित हुनुपर्दछ । संसदमा पतिपक्षले उठाएको विषयलाई सरकारले गम्भिरतापूर्वक र सकारात्मक रुपमा ग्रहण गर्नु पर्दछ । संघीय संसदमा प्रतिपक्षले उठाएका विषयलाई गम्भिरता र सकारात्मक रुपमा लिन म हार्दिक आग्रह गर्दछु ।

नेपाली काँग्रेसका देशमा लोकतन्त्र स्थापनालगायतका महत्वपूर्ण कार्यहरु नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलनदेखि लिएर २०६२/०६३ को जनआन्दोलनमा काँग्रेसको नेतृत्वदायी भुमिका रहेको कुरा इतिहासमा कसैले नकार्न सक्दैन । २०५२ सालदेखि देशमा शुरु भएको सशस्त्र द्वन्द्वलाई शान्तिमा परिणत गर्ने कामको नेतृत्वको काँग्रेसले गरेको थियो भन्ने तथ्य निर्विवाद छ । वर्तमान संविधान निर्माण गर्ने सवालमा होस्, संविधान परिकल्पना गरे अनुसार दुई वटा निर्वाचन सम्पन्न गर्ने काममा होस् । काँग्रेसको भुमिका स्पष्ट देखिएको छ । यी धेरैजसो अभियान नेकपा कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका पार्टीहरु पनि सँगै रहेका थिए । नेपाली काँग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित रुपमा आस्था र विश्वास गर्ने पार्टी हो । हामी लोकतान्त्रिक समाजमा विश्वास गर्दछौँ । हाम्रा सबै कामहरु यिनै आर्दशबाट निर्देशित छन् । हामी हाम्रा आर्दश र लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिवद्ध छौं । ’

सभापति देउवाले नेपाली काँग्रेस सधैँभर देशको महत्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरुबीच संवाद, सहमती र सहकार्यको नीति लिँदै आएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताउनु भयो । उहाँले संसदमा प्रतिपक्षले उठाएका विषयलाई गम्भिरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरुलाई आगह गर्नुभयो ।

फोटो -रासस