१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

आगलागीमा घर जलेपछि दुई परिवारको विचल्ली, लाखौँको क्षति

आगलागीमा घर जलेपछि दुई परिवारको विचल्ली, लाखौँको क्षति
file photo
अ अ+ अ-

बरहथवा । सर्लाहीको दुई स्थानमा लागेको आगोबाट दुई परिवारको विचल्ली भएको छ । आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

जिल्लाको लालबन्दी र बलरा नगरपालिकाअन्तर्गत दुई स्थानमा आगलागी भएको हो । आगलागीबाट दुई घर, एक गोठ र एक सार्वजनिक भवनमा क्षति पुगेको छ । आगलागीबाट दुई परिवारको बास नै गुमेपछि विचल्ली भएको हो । आगलागीमा परेर लालबन्दी नगरपालिका–१४, चुरेस्थित हात्तीसुढेका बुद्धिमान मोक्तान र फुर्साङ मोक्तानको ढुङ्गा, माटो र काठले बनेको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट बुद्धिमानको घरमा रहेको लत्ताकपडा अन्नपात, काठपात लगायतका सामग्रीसमेत जलेर नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट फुर्साङको पनि घरसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । उनको पनि रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागीपछि दुवै परिवार खुला आकाशमुनि पुगेका छन् । सोही आगलागीबाट छिमेकी आइतसिङ मोक्तानको फुसको छाना भएको गोठसमेत जल्दा रु दुई लाख बराबरको क्षति भएको छ । आगोले पोेलेर गोठमा रहेको एउटा भैँसी र एउटा बाख्रा घाइते भएको प्रहरीले जनाएको हो । आगो नजिकैको जङ्गलबाट घरमा सल्किएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको बलरा नगरपालिकास्थित एक सार्वजनिक भवनमा आगलागी भएको छ । आगलागीबाट बलरा नगरपालिका–६, सानो मिर्जापुरमा रहेको पक्की पर्खाल भएको दलित भवनमा क्षति पुगेको हो । आगलागीबाट भवनमा आंशिक क्षति पुगेको प्रहरी चौकी अर्नाहले जनाएको छ ।

बिजुलीको तार सर्ट भएर लागेको आगोबाट विभिन्न सामान जल्दा रु १५ हजार पाँच सय मूल्य बराबरको क्षति पुगेको प्रहरीले जनाएको हो । सुक्खा मौसम सुरु भएसँगै जिल्लामा दैनिक आगलागीका घटना वृद्धि भइरहेका छन् । आगोको प्रयोग तथा विद्युतीय उपकरण लगाएका सामानको प्रयोगमा ध्यान दिन प्रहरीले आग्रह गरेको छ । रासस