२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर



अ+ अ-

नारायणगढ । माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ । यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ ।

पशुसेवा कार्यालय चितवनका अनुसार दूध प्रतिव्यक्ति न्यूनतम आवश्यकता भन्दा ४५ दशमलब ३३ लिटर बढी उत्पादन हुने गरेको छ । प्रतिव्यक्ति न्यूनतम आवश्यकता अनुसार दूध वार्षिक ९१ लिटर आवश्यक पर्नेमा जिल्लामा एक सय ३६ दशमलब ३३ लिटर उपलब्ध भएको हो । कार्यालयका प्रमुख सुशील केसीका अनुसार मासु ११ दशमलब ५३ किलो, अण्डा चार सय १३ वटा र माछा एक दशमलब ४४ किलो प्रतिव्यक्ति उपलब्ध हुने गरेको छ ।

जिल्लामा उत्पादित यी वस्तु जिल्लाको कूल जनसङ्ख्यालाई आवश्यक पर्ने न्यूनतम आवश्यकता भन्दा बढी उत्पादन हो ।

प्रतिव्यक्ति वार्षिक मासु १४ किलो, अण्डा ४८ वटा र माछा पाँच किलो न्यूनतम आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो । अहिले जिल्लामा मासु प्रतिव्यक्ति २५ दशमलब ५३ किलो, अण्डा चार सय ६१ गोटा र माछा छ दशमलब ४४ किलो उपलब्ध छ ।

यहाँको कृषि क्षेत्रमा लाग्ने किसानले उत्पादन गरेको खाद्य वस्तुलाई व्यवस्थित गर्न सके राष्ट्रिय आवश्यकतालाईसमेत पूर्ति गर्न सहज हुने उहाँले बताउनुभयो । प्रतिव्यक्ति प्रतिवर्ष राष्ट्रिय उपलब्धता दूध ८५ लिटर, मासु १८ दशमलब एक किलो, अण्डा ५४ वटा, माछा तीन दशमलब तीन किलो रहेको छ । राष्ट्रिय न्यूनतम आवश्यकतालाई आधार मान्ने हो भने यो एकदमै न्यून उपलब्धता हो । जिल्लामा भने न्यूनतम आवश्यकता भन्दाबढी यी खाद्य सामग्री उपलब्ध हुँदै आएको केसीले जानकारी दिनुभयो ।

यहाँ गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुर र माछा पालनलाई किसानले व्यावसायिक रुपमा अघि बढाएका छन् । जसमध्ये गाईफार्म तीन सय ५९ वटा, भैँसी फार्म ५० वटा, बाख्रा फर्म चार सय ५३ वटा, बङ्गुर फार्म ६० वटा, कुखुरा फार्म एक हजार नौ सय वटा र माछा फर्म पाँच सय सात वटा दर्ता भई सञ्चालनमा छन् ।

त्यसैगरी कुखुरा ह्याचरी ९५ वटा दर्ता भई ५२ वटा मात्रै सञ्चालनमा छन् । आर्थिक वर्ष विसं २०७९/८० को तथ्याङ्क अनुसार जिल्लामा दूध ९८ हजार एक सय ८३ मेट्रिकटन, मासु एक लाख ८३ हजार ८१ मेट्रिकटन, माछा ४६ हजार ३८ मेट्रिकटन र अण्डा ३३ करोड २४ लाख ६१ हजार दुई सय १२ वटा उत्पादन भएको थियो । रासस