काठमाडौ । पार्टी केन्द्रीय समितिको बैठक बस्नु अघि प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल संग छलफल गर्नुभएको छ ।
स्थानीय तह निर्वाचनको मिति तोक्न पार्टी भित्र र बाहिर बाट चौतर्फी दवाब परिरहेको बेला प्रधानमन्त्री देउवाले दाहाल र नेपाल संग छलफल गर्नुभएको हो । दाहाल र नेपालले भने स्थानीयतहको निर्बाचन बैशाखमा नगर्न र स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्न प्रधानमन्त्री देउवालाई दवाब दिदै आउनु भएको छ ।











