११ असार २०८३, बिहीबार
,
Latest
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलियाको ‘गंगुबाई काठियावाडी’को नयाँ रिलिज डेट तोकियो



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि स्थगित भएको बलिउड फिल्महरुका फेरि नयाँ मिति घोषणा हुन थालेको छ । 

निर्माता तथा निर्देशकहरुले फेरि नयाँ प्रदर्शन मिति तोक्न थालेका हुन् ।

यसैबीच निर्माता तथा निर्देशक सञ्जयलीला भन्सालीले चलचित्र ‘गंगुबाई काठियावाडी’को नयाँ मिति घोषणा गरेका छन् । जसअनुसार यो चलचित्र फ्रेबअुरी २५ मा रिलिज हुने भएको छ ।

फिल्ममा अभिनेत्री आलिया भट्ट शीर्ष भूमिकामा छिन् । चलचित्रमा अभिनेता अजय देवगणको पनि भूमिका रहेको छ । यस्तै, चलचित्रको प्रिमियर ‘७२ औं बर्लिन फिल्म फेस्टिभल’मा पनि गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

मुम्बईमा यौनधन्दा चलाएरै चर्चामा आएकी गंगुबाईको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।