२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

प्रधानमन्त्री कप : ९४ रनको शानदार जित निकाल्दै त्रिभुवन आर्मी क्लब

प्रधानमन्त्री कप : ९४ रनको शानदार जित निकाल्दै त्रिभुवन आर्मी क्लब
अ अ+ अ-

काठमाडौं । बागमती प्रदेशमाथि ९४ रनको शानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आर्मीले राष्ट्रिय खेलाडीले भरिपूर्ण बगमती प्रदेशमाथि जित निकाल्दै एपिएफसँगको भेट पक्का गरेको हो ।

उपाधिकालागि यी दुई टोली शनिबार प्रतिस्पर्धा गर्नेछन् । आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ३५ रन जोड्न सक्यो । ५ विकेट गुमाउँदा १८ रन जोडेको बागमतीका लागि ओपनर आकाश थापा पहिलो ओभरको तेस्रो बलमा पवेलियन फर्किएका थिए ।

कप्तान ज्ञानेन्द्र मल्लले ४७ रनको व्यक्तिगत स्कोर बनाउँदै बागमतीको इनिङ उकास्ने प्रयास गरे पनि सुशान भारीको बलमा एलबीडब्लूको धरापमा परे । विपिन आचार्यल २३ रनको स्कोर बनाउँदा नन्दन यादवले नटआउट २२ रनको योगदान गर्दा आदिल खान १० रन जितेन्द्र मुखियाको बलबमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए । यस्तै अन्य ब्याट्स म्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन् । तीन खेलाडी शून्यमा पवेलियन फर्किएका थिए । बागमतीको इनिङलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट निकाल्दा विक्रम शोब र सुशान भारीले समान ३÷३ विकेट हात पारे ।

यस अघि  टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले पुरै ५० ओभरको समाप्तिमा सबै विकेट गुमाएर २ सय २९ रन जोडेको थियो । आर्मीको सुरुआत खराब भए पनि मध्यक्रममा ब्याट्स म्यान विक्रम शोब र राजेश पुलामीले इनिङ सम्हाले । राजेश पुलामीले अर्धसतकीय इनिङ खेल्दै टोलीको स्कोर सम्मान जनक अवस्थामा पु¥याएका थिए । राजेशले ६५ रनको योगदान गरेका थिए । यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम शोबले ३५ रन बनाएर पवेलियन फर्किए । लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए ।बागमतीका गौतम केसीले ५ विकेट लिए । राम नरेश गिरि, नन्दन यादव,तिलक भण्डारी र विपिन आचार्यले १÷१ विकेट लिए । फाइनल खेल शनिबार हुनेछ ।