२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोनहममाथि लिभरपुलको जित



अ+ अ-

लन्डन । बिहीबार इंग्लिस प्रिमियर लिगमा लिभरपुलले उत्कृष्ट लयमा फर्कने क्रममा टोटनहममाथि ३–१ को प्रभावशाली जित निकालेको छ । लिगका पाँच खेलमा जितहीन रहेको लिभरपुलले तीमध्ये चार खेलमा कुनै गोल गर्न सकेको थिएन । टोटनहमविरुद्ध भने लिभरपुल मजबुत देखियो । अर्कातर्फ टोटनहम आफ्ना स्ट्राइकर ह्यारी केनलाई चोटका कारण गुमाउन बाध्य रह्यो ।

लिगमा ४ सय ८२ मिनेटको गोल खडेरी तोड्दै ब्राजिली खेलाडी रोबर्टो फिरमिनोले पहिलो हाफको इन्जुरी समयमा बललाई पोस्टको दिशा दिए । त्यसको दुई मिनेटपछि ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले दोस्रो गोल थपे ।

पिएरे एमलीको गोलले टोटनहमले खेलमा फर्कन प्रयास गरे पनि त्यो पर्याप्त रहेन । साडियो मानेले लिभरपुलका लागि तेस्रो गोल गरे । जितका बावजुद लिरभपुलले चोटका कारण अर्का खेलाडी जोएल माटिपलाई फेरि गुमाउन सक्ने भएको छ । लिग तालिकामा भने लिभरपुल २० खेलबा