२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग सबैभन्दा उत्तम हो- गभर्नर महाप्रसाद अधिकारी



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्वपूर्ण हुने बताउनु भएको छ । नबिल बैंक लिमिटेडले काठमाडौंको कुलेश्वर स्थित थोक फलफूल बिक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग सबैभन्दा उत्तम रहेको बताउनुभयो । 

पैसाको माध्यमबाट कोभिड–१९ संक्रमणको जोखिम हुनसक्ने भएकाले पनि अहिलेको अवस्थामा क्यूआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गर्नु सान्दर्भिक रहेको बताउनुभयो । गभर्नर अधिकारीले आपूm पैसामा हस्ताक्षर गर्ने व्यक्ति भएपनि आफूले हस्ताक्षर गरेको नोटको प्रयोग कम भए हुन्थ्यो जस्तो लागेको पनि बताउनुभयो । नगदको प्रयोग कम हुँदा, देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा पुग्ने उहाँको भनाई छ । यस्तै नगदको प्रयोग सकेसम्म कम गरेर दैनिक कारोबार गरी आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन सकिने पनि गभर्नर अधिकारीले बताउनुभयो ।

कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले कोभिडको समयमा मात्रै नभई सधैंका लागि नगदरहित समाज निर्माण गर्नुपर्ने बताउनुभयो । प्रत्येक फलफूल पसलमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियान सञ्चालन गरेमा नगदरहित समाज निर्माण गर्न सकिने पनि उहाँको भनाई छ । सर्वसाधारण नागरिकले कारोबार गर्ने हरेक पसलमा क्यूआर कोडको प्रयोग गरी नगदरहित कारोबार सम्बन्धी शिक्षा दिन सकिने पनि सिइओ शाहले बताउनुभयो ।

साइकलमा फलफूल विक्री गर्दै हिंडने महमद सुल्तान मियाँले क्यूआर कोडबाट भुक्तानी हुने व्यवस्था भएपछि सहज भएको बताउनुभयो । साइकलमा फलपूmल राखेर गोजिभरी खुद्रा पैसा बोकेर हिंडनु नपर्ने र पैसा हराउने तथा चोरी हुने डर पनि नहुने बताउनुभयो ।

क्यूआर कोडबाट भएको भुक्तानीको मोबाइलमा म्यासेज आउने भएकाले ग्राहकले कोड स्क्यान गरेपछि खातामा पैसा आए नआएको तत्काल थाहा हुने भएकाले ढुक्क भएर कारोबार गर्न सकिने मियाँले बताउनुभयो । साइकलमा फलफूल तथा तरकारी विक्री गर्दै हिंडने व्यापारीले पनि क्यूआर कोडको प्रयोग गर्न थालेपछि राष्ट्र बैंकका अधिकारीहरु र बैंकर्सहरु खुशी देखिएका छन् ।