२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

प्रधानमन्त्री कप क्रिकेटको उपाधिमा दुबैको दाबेदारी

प्रधानमन्त्री कप क्रिकेटको उपाधिमा दुबैको दाबेदारी
अ अ+ अ-

काठमाडौं । शनिबार हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइलनलबाट उपाधि उचाल्ने विभागीय टोलीद्वय एपिएफ र त्रिभुवन आर्मी क्लबले बताएका छन् । कीर्तिपुर स्थित त्रिभुवन विद्यालयको मैदान परिषरमा शुक्रबार भएको प्रि-म्याच कन्फरेन्समा दुबै टोलीले उपाधि उचाल्ने लक्ष्य रहेको बताएका हुन् । 

सेमिफाइलनमा साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै अन्तिम दुई प्रवेश गरेको एपिएफका कप्तान शरद भेषवाकरले आफ्नो टोली उपाधि उचाल्नका लागि भोको रहेको बताउनुभयो । भेषवाकरले केही दिनको आराम पछि टोलीको फिटनेस भएको भन्दै उपाधि भिडन्तमा उत्कृष्ट ११ को टोली फाइनलमा प्रवेश गर्ने बताए ।

यस अघि सम्पन्न तीन संस्करण मध्ये पहिलो संस्करणमा संयुक्त रुपमा विजेता बनेको आर्मीले त्यसपछिका दुई संस्करणमा उपविजेतामा खुम्चिएको थियो । दुबै पटक फाइलन प्रवेश आर्मी पुलिससँग पराजित भएको थियो । त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले विगताको नतिजालाई हेरर भन्दा पनि आगामी दिनका लागि खेल्नु पर्ने बताए । लिगका खेलमा भएका कमीकमजोरीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यका साथ शनिबार मैदान प्रवेश गर्ने बताए । एउटै खेलाडीबाट मात्र टोलीले अन्तिम दुईमा स्थान बनाएको  भन्दै फाइनलमा भने सन्तुलित खेल देखाएर उपाधि जित्ने लक्ष्य रहेको विनोदले बताए ।

अन्तिम दुई स्थान बनाउँदा एपिएफ समूह ‘ए’ बाट विजेताको रुपमा फाइनल प्रवेश गरेको थियो भने आर्मी सोही समूहबाट उपविजेताका रुपमा प्रवेश गरेको थियो  । समूह चरणको भेटमा भने एपिएफले आर्मीमाथि ६ विकेटको जित निकालेको थियो । यस्तै प्रधानमन्त्री कप क्रिकेटको चार संस्करणमा आर्मी र एपिएफ तीन पटक आमने सामने भएका छन् । जसमा एपिएफ बलियो देखिएको छ ।