२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटको उपाधिमा दुबैको दाबेदारी



अ+ अ-

काठमाडौं । शनिबार हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइलनलबाट उपाधि उचाल्ने विभागीय टोलीद्वय एपिएफ र त्रिभुवन आर्मी क्लबले बताएका छन् । कीर्तिपुर स्थित त्रिभुवन विद्यालयको मैदान परिषरमा शुक्रबार भएको प्रि-म्याच कन्फरेन्समा दुबै टोलीले उपाधि उचाल्ने लक्ष्य रहेको बताएका हुन् । 

सेमिफाइलनमा साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै अन्तिम दुई प्रवेश गरेको एपिएफका कप्तान शरद भेषवाकरले आफ्नो टोली उपाधि उचाल्नका लागि भोको रहेको बताउनुभयो । भेषवाकरले केही दिनको आराम पछि टोलीको फिटनेस भएको भन्दै उपाधि भिडन्तमा उत्कृष्ट ११ को टोली फाइनलमा प्रवेश गर्ने बताए ।

यस अघि सम्पन्न तीन संस्करण मध्ये पहिलो संस्करणमा संयुक्त रुपमा विजेता बनेको आर्मीले त्यसपछिका दुई संस्करणमा उपविजेतामा खुम्चिएको थियो । दुबै पटक फाइलन प्रवेश आर्मी पुलिससँग पराजित भएको थियो । त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले विगताको नतिजालाई हेरर भन्दा पनि आगामी दिनका लागि खेल्नु पर्ने बताए । लिगका खेलमा भएका कमीकमजोरीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यका साथ शनिबार मैदान प्रवेश गर्ने बताए । एउटै खेलाडीबाट मात्र टोलीले अन्तिम दुईमा स्थान बनाएको  भन्दै फाइनलमा भने सन्तुलित खेल देखाएर उपाधि जित्ने लक्ष्य रहेको विनोदले बताए ।

अन्तिम दुई स्थान बनाउँदा एपिएफ समूह ‘ए’ बाट विजेताको रुपमा फाइनल प्रवेश गरेको थियो भने आर्मी सोही समूहबाट उपविजेताका रुपमा प्रवेश गरेको थियो  । समूह चरणको भेटमा भने एपिएफले आर्मीमाथि ६ विकेटको जित निकालेको थियो । यस्तै प्रधानमन्त्री कप क्रिकेटको चार संस्करणमा आर्मी र एपिएफ तीन पटक आमने सामने भएका छन् । जसमा एपिएफ बलियो देखिएको छ ।