४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

सुदूरपश्चिमको विद्रोहबाट गठबन्धनमा गडबड !

सुदूरपश्चिमको विद्रोहबाट गठबन्धनमा गडबड !
अ+ अ-

काठमाडौं । गठबन्धन दल नेकपा एकीकृत समाजवादीको विद्रोहले सत्ता गठबन्धन कमजोर बनेको छ । गठबन्धभित्र कुनै निर्णय गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मात्र भूमिका हुने गरेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुष्ट बन्दै आएका थिए । त्यसको परिणाम स्वरुप हिजो सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीभन्दा नेकपा एस फरक कित्तामा उभिएको छ । यसले गठबन्धन मै संसय पैदा गरिदिएको छ ।

नेकपा एसले सुदूरपश्चिम प्रदेशको नेतृत्व चाहेको छ । तर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । कैलाल नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निकट हुन् । तर यो कुरा माधवकुमार नेपाललाई मन परेर । उनले सहमति मान्य नहुने चेतावनी दिएर बालुवाटारबाट बाहिरिएको छ ।

लगत्तै अध्यक्ष नेपालको दल नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारीमा रहेका नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मणकिशोर चौधरीलाई सहयोग गर्ने निर्णय गर्‍यो । नेकपा एसका प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएर उनले मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

संघीय सत्ता गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्यहरु विपक्षी दलसँगको सहकार्यमा सरकार गठनमा सहभागी हुन्छन् भने त्यो गठबन्धनको मर्मविपरित हुने भएकाले नेतृत्व अप्ठ्यारोमा परेको छ । यसले डेढ महिना अघि मात्र बनेको संघीय समीकरण कति दिन अघि बढ्छ भन्ने अनिश्चिता थपिदिएको छ ।

नेकपा एसका नेताहरु पनि अहिलेको संघीय सत्ता गठबन्धन लामो समय नरहने चेतावनी दिन थालिसकेका छन् । गठबन्धनभित्र छलफल नहुने र एकलौटी निर्णय गर्ने परिपार्टी बढेकोमा उनीहरुको असन्तुष्टि छ । यो असन्तुष्टि बढ्दै गए कुनै पनि दिन नेकपा एस विपक्षीमा पुग्न सक्छ ।
यता प्रधानमन्त्री पुष्पकमल दाहाल पनि दबाबमा छन् । उनले जुन उद्देश्य राखेर समीकरण परिवर्तन गराएका थिए, त्यसअनुसारको नतिजा हात परेको छैन । प्रधानमन्त्री दाहालको ध्यान सत्ता समीकरण मिलाउन र पद जोगाउनमै छ । बाँकी विषयमा उनले ठोस काम गर्न सकेका छैनन् । यसले नागरिकका निराशा चिर्न पनि उनलाई समस्या परेको छ ।