३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीले उचाल्यो प्रधानमन्त्री कपको उपाधी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा आर्मीले एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा  भएको खेलमा आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १७८ रनमा अलआउट भएको थियो। आर्मीले अन्तिम चार बलमा एपिएफको तीन विकेट लिँदै उपाधि जितेको हो ।  

आर्मीका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे। ओपनिङ ब्याट्सम्यान आसिफले ७१ बलमा ८ चौका र १ छक्काको मदतमा ६१ रन जोडे। अर्का ओपनर सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर डकआउट भएका थिए।

बलिङमा आर्मीका विक्रम शोव, जितेन्द्र मुखिया र सहाब अलामले ३-३ विकेट लिए। १ विकेट सुशन भारीको नाममा रह्यो।  

आर्मीका लागि हरिबहादुर चौहानले अर्धशतक प्रहार गरे।  लामो इनिङ्ग्स खेलेका उनले ५८ रनको योगदान गरे। उनले १०२ बलमा ६ चौका प्रहार गरे।