२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीले उचाल्यो प्रधानमन्त्री कपको उपाधी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा आर्मीले एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा  भएको खेलमा आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १७८ रनमा अलआउट भएको थियो। आर्मीले अन्तिम चार बलमा एपिएफको तीन विकेट लिँदै उपाधि जितेको हो ।  

आर्मीका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे। ओपनिङ ब्याट्सम्यान आसिफले ७१ बलमा ८ चौका र १ छक्काको मदतमा ६१ रन जोडे। अर्का ओपनर सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर डकआउट भएका थिए।

बलिङमा आर्मीका विक्रम शोव, जितेन्द्र मुखिया र सहाब अलामले ३-३ विकेट लिए। १ विकेट सुशन भारीको नाममा रह्यो।  

आर्मीका लागि हरिबहादुर चौहानले अर्धशतक प्रहार गरे।  लामो इनिङ्ग्स खेलेका उनले ५८ रनको योगदान गरे। उनले १०२ बलमा ६ चौका प्रहार गरे।