२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिएन जस्तो देखिन यी युवकले नाक, ओठ र जिब्रो काटे !!



अ+ अ-

एजेन्सी । फ्रान्सका ३२ वर्षका एन्थोनी लोफ्रेडोले आफ्नो शरीरलाई पूर्ण रुपमा रुपान्तरण गरेका छन्। उनले बाहिरी संसारका काल्पनिक मानिस ‘ब्ल्याक एलिएन’ जस्तै देखिन शरीरभर ट्याटु खोपेका छन्। उनले आफ्नो नाक, ओठ र जिब्रो पनि काटेको द मिररले जनाएको छ। तर यतिबेला उनी राम्रोसँग बोल्न सक्दैनन्।

फ्रान्समा नाक, ओठ र जिब्रोलाई काटेर सर्जरी गर्न वैधानिक मानिदैन त्यसकारण उनले आफ्नो शरीरमा बदलाव ल्याउन स्पेनमा सर्जरी गराएका हुन्। जिब्रोलाई दुईटा देखिन जिब्रो काटेका उनले पछिल्लो समय ओठको माथिल्लो भाग र नाकलाई हटाएका हुन्।

तर यतिबेला उनले आफूले राम्रोसँग बोल्न नसकेको गुनासो गरिरहेका छन्। उनको असामान्य रुपकै कारण उनको सामाजिक संजालमा लाखौं फलोवरहरु छन्। आफूलाई डरलाग्दो पात्रको रुप मनपर्ने उनको भनाइ छ।