४ आश्विन २०८१, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमनत्री ओली अमेरिका प्रस्थान ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती सात प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छः उपेन्द्र यादव
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाइको बुवा पण्डित तपाई किन पत्रकार ? परम्परा तोड्नु नराम्रो होईन : प्रधानमन्त्री ओली



अ+ अ-

धनुषा । प्रधानमन्त्री केपी ओलीले आफुले राम्रा र नयाँ काम गरेको दावि गर्दै परम्परा तोड्नु नराम्रो नभएको बताएका छन् । सोमबार धनुषाको ढल्केबरमा विद्युत्को सब–स्टेसन उद्घाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले नयाँ कामका लागि परम्परा भत्काउनुपर्ने बताएका हुन् । 

‘पशुपतिमा १ सय ४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले लेखे,’ उनले भने,‘चाँदीकै हाल्नुपर्थ्यो । सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ रे । म त्यस्तालाई सोध्न चाहन्छु, तपाइको बुवा पण्डित तपाई किन पत्रकार हुनुभयो ? पण्डितै भएको भए पो परम्परा बाच्थ्यो। मेरो बुवा प्रधानमन्त्री थिए र म प्रधानमन्त्री भएँ । नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले मध्यवर्ती चुनाव तोकिएकै दिनमा हुने बताएका छन् ।  चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले एक दिन पनि पर नसर्ने बताएउदै वैशाख १७ गते नै धनुषामा चुनाव हुने दाबीसमेत गरेका हुन् ।  

‘धनुषाको यो क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुन्छ,’ ओलीले भने,‘चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’

प्रधानमन्त्रीले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएको भन्दै चित्त दुखाए । ‘केपी ओली मधेसीविरोधी हो भनेर कान–कानमा पुर्याएका होला । ती मधेसप्रेमी डोम, चमार र दुसाधको छोरालाई काँखमा राख्न सक्छ,’ ओलीले भने, ‘हेरु त कतिको मधेसीप्रेमी हो । केपी ओलीले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाउँछ । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौ ।’ 

प्रधानमन्त्री ओलीले पार्टीभित्र उपद्रो गर्नेहरु अलग भएको पनि बताए । ‘दशा लागेको रहेछ । प्रधानमन्त्री खान हिँडेका थिए । एउटा भनाइ छ नि, चोक्टा खान गएकी बुढी झोलमा डुबिन् ।’