४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ

दलीय किचलोले संघीय संसद् कहिलेसम्म बन्धक ?

दलीय किचलोले संघीय संसद् कहिलेसम्म बन्धक ?
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता गठबन्धन दलबीचको किचलोका कारण चैत २ गतेदेखि प्रतिनिधिसभाको बैठक प्रभावित छ । आज बस्ने भनिएको बैठक पनि अनिश्चित छ ।

नेपाली कांग्रेस सत्ताबाट बाहिरिनुपर्दाको छटपटीका कारण उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रामक बनिरहेको छ । फागुन २३ गते लामिछाने गृहमन्त्री बनेदेखि नै कांग्रेस आक्रामक बन्दै आएको हो । कांग्रेसलाई आफ्नै नेताहरुमाथि छानबिन हुने र कर्तुतहरु बाहिर आउने डरका कारण गृहमन्त्रीको आलोचना गरेको आरोप लाग्ने गरेको छ ।

तर नेपाली कांग्रसले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । उसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेको छ ।

लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि काम गरेको गोर्खा मिडिया नेटवर्कअन्तर्गतको ग्यालेक्सी टीभीले सहकारीको पैसा अपचलन गरेको र त्यसमा रवि लामिछाने पनि जोडिएको भन्दै त्यसबारेमा अनुसन्धान गर्न संसदीय समितिको माग गर्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएको हो । लामिछाने गृहमन्त्री भएको दोस्रो दिनदेखि नै कांग्रेसले सहकारी प्रकरणमा उनी दोषी रहेको र छानबिन गर्नुपर्ने माग अघि सार्दै आएको छ ।

कांग्रेसकै कारण संसद् बन्धक बनेपछि सभामुख देवराज घिमिरेले सहमतिका लागि केही दिनयता लगातार प्रयास गरिरहेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरिसकेका छन् । तर कांग्रेस टसमस भएको छैन ।

गृहमन्त्री लामिछानेले आफूमाथिका आरोपबारे संसद्कै रोष्ट्रमबाट जवाफ दिन चाहिरहेका छन् । तर कांग्रेसले लामिछानेलाई बोल्न दिएको छैन । कांग्रेस लामिछानेसँग निकै नै आक्रमण भएपछि संसदमा जनताका आवाज सुनाउन बन्द भएको छ । जनताका कुनै पनि कुरा नै उठ्न छाडेका छन । कानुन निर्माणको काम ठप्प भएको छ भने विकासका काम अलपत्र परेका छन् ।

अबरुद्ध संसदलाई नियमित गर्न आज पनि केही प्रयास हुने भएको छ । तर सहमति नजुटेको अवस्थामा आज प्रतिनिधि सभा बैठक पनि बेकामे हुने निश्चित जस्तै छ ।