२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलीय किचलोले संघीय संसद् कहिलेसम्म बन्धक ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता गठबन्धन दलबीचको किचलोका कारण चैत २ गतेदेखि प्रतिनिधिसभाको बैठक प्रभावित छ । आज बस्ने भनिएको बैठक पनि अनिश्चित छ ।

नेपाली कांग्रेस सत्ताबाट बाहिरिनुपर्दाको छटपटीका कारण उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रामक बनिरहेको छ । फागुन २३ गते लामिछाने गृहमन्त्री बनेदेखि नै कांग्रेस आक्रामक बन्दै आएको हो । कांग्रेसलाई आफ्नै नेताहरुमाथि छानबिन हुने र कर्तुतहरु बाहिर आउने डरका कारण गृहमन्त्रीको आलोचना गरेको आरोप लाग्ने गरेको छ ।

तर नेपाली कांग्रसले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । उसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेको छ ।

लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि काम गरेको गोर्खा मिडिया नेटवर्कअन्तर्गतको ग्यालेक्सी टीभीले सहकारीको पैसा अपचलन गरेको र त्यसमा रवि लामिछाने पनि जोडिएको भन्दै त्यसबारेमा अनुसन्धान गर्न संसदीय समितिको माग गर्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएको हो । लामिछाने गृहमन्त्री भएको दोस्रो दिनदेखि नै कांग्रेसले सहकारी प्रकरणमा उनी दोषी रहेको र छानबिन गर्नुपर्ने माग अघि सार्दै आएको छ ।

कांग्रेसकै कारण संसद् बन्धक बनेपछि सभामुख देवराज घिमिरेले सहमतिका लागि केही दिनयता लगातार प्रयास गरिरहेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरिसकेका छन् । तर कांग्रेस टसमस भएको छैन ।

गृहमन्त्री लामिछानेले आफूमाथिका आरोपबारे संसद्कै रोष्ट्रमबाट जवाफ दिन चाहिरहेका छन् । तर कांग्रेसले लामिछानेलाई बोल्न दिएको छैन । कांग्रेस लामिछानेसँग निकै नै आक्रमण भएपछि संसदमा जनताका आवाज सुनाउन बन्द भएको छ । जनताका कुनै पनि कुरा नै उठ्न छाडेका छन । कानुन निर्माणको काम ठप्प भएको छ भने विकासका काम अलपत्र परेका छन् ।

अबरुद्ध संसदलाई नियमित गर्न आज पनि केही प्रयास हुने भएको छ । तर सहमति नजुटेको अवस्थामा आज प्रतिनिधि सभा बैठक पनि बेकामे हुने निश्चित जस्तै छ ।