४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ

अधिवेशन नै अन्त्य गर्ने सरकारको तयारी !

अधिवेशन नै अन्त्य गर्ने सरकारको तयारी !
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बदै छ । दिउँसो ११ बजेका लागि बोलाइएको बैठक कानुन निर्माणका काममा प्रवेश गर्छ कि गर्दैन भन्नेमा चाहिँ अन्योल छ ।

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने कि नगर्ने भन्नेमा सत्ता पक्ष र विपक्षीबीच मतभेद छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए आजको प्रतिनिधिसभा बैठक अबरुद्ध गर्ने चेतावनी दिइसकेको छ । तर सत्ता गठबन्धन दलले संसदीय समिति गठन गर्न नसकिने जवाफ दिइसकेका छन् । यस्तो अवस्थामा संसद् नै बन्धक बन्ने छ ।

संसद चल्ने कि नचल्ने भन्ने अन्योल कायमै छ । सदनको यो हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै कानुन बनाउनुपर्ने बाध्यता सरकारलाई छ । तर सदन नै नियमित हुन सकेको छैन । यसले गर्दा कानुन निर्माणको काम लथालिंग छ । यसरी संसद बन्धक बनेपछि सरकारले अधिवेशन नै अन्त्य गर्ने तयारी गरेको छ । अधिवेशन अन्त्य गरेर लगानी सम्मेलनका लागि चाहिने कानुन संशोधन अध्यादेशबाट गर्ने रणनीति सरकारले बनाउन लागेको हो ।

लामिछानेलाई सरकारका तर्फबाट विधेयक प्रस्तुत गर्न र सांसदका प्रश्नहरूको जवाफ दिन रोष्ट्रममा गए सदन अवरुद्ध गर्ने रणनीति कांग्रेसले लिएको थियो । उसले प्रतिनिधिसभा बैठकको सुरुमा आकस्मिक समय मागेर सहकारी ठगीका विषय राख्ने र सदन चल्न दिँदै आएको थियो । तर आजको बैठक चाहिँ अबरुद्ध गर्ने चेतावनी नै कांग्रेसले दिएको हो ।

सभामुख देवराज घिमिरेले लामिछाने रोष्ट्रममा जाने कार्यसूचीमा प्रवेश गर्ने बितिक्कै चैत २ मा कांग्रेस वेल घेराउमा पुगेको थियो । त्यसपछिका बैठकमा सभामुखले लामिछाने रोष्ट्रममा जाने बिजनेसलाई दैनिक कार्यसूचीमै राखेका छैनन् ।

सभामुख घिमिरेले हिजो कांग्रेसले निरन्तर सदनमा सहकारी ठगीमा लामिछानेको संलग्नताका विषय राख्दै आएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रमुख चार राजनीतिक दलका प्रमुख नेताहरूलाई छलफलमा बोलाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल र रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफ्ना दलका प्रमुख सचेतकहरूसहित सभामुखकहाँ पुगेका थिए ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा नेताहरू जम्मा भएपछि सदनमा प्रमुख प्रतिपक्षले उठाइरहेका विषयवस्तुबारे छलफलका लागि बोलाएको विषय सभामुख घिमिरेले राखेका थिए । प्रतिपक्षी दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवासँगै आएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कार्यसम्पादन समितिबाट संसदीय छानबिन समिति न्यूनतम माग हुने निर्णय भएको जानकारी गराएका थिए । उनले माग पूरा गर्न सरकार तत्पर नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा बोलेनन् ।

सत्ता गठबन्धनको प्रमुख घटक एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले उठाइरहेको विषय संसदीय छानबिन गर्नुपर्ने खालको नभएको बताएका थिए ।

त्यसपछि रास्वपामा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो संलग्नताबारे यसअघि संसदीय समिति र सार्वजनिक रूपमा दिँदै आएका अभिव्यक्ति दोहोर्‍याएका थिए । आफू सांसद पनि भएकाले रोष्ट्रमसम्म जान नदिने कांग्रेसको कदमप्रति पनि उनले असन्तुष्टि जनाएका थिए । उनले आफूविरुद्ध कुनै अदालतमा मुद्दा पनि नरहेको र उजुरीसमेत नभएकाले संसद्मा आफूलाई निषेध गर्न नहुने तर्क उनले अघि सारेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति देउवालाई ’तपाईंको बटमलाई यै हो ?’ भनेर प्रश्न गरेका थिए । प्रधानमन्त्रीले आग्रह गरेका थिए, –एकपटक आग्रह छ आफ्नो मागमा पुनर्विचार गर्नुस् र मंगलबारको हाउस चल्न दिनस् । त्यसपछि फेरि छलफल गरौंला ।’ देउवाले दाहालको प्रश्नको जवाफ दिएनन् । कांग्रेसको तर्फबाट लेखक अगाडि सरेर भनेका थिए, ’हाम्रो बटमलाईन संसदीय छानबिन समिति हो । तपाईंको आग्रहमा तयार छैनौं ।’