४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डविरुद्धको अवहेलनाको मुद्दा न्यायाधीश शर्माको इजलासमा



file photo
अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड–नेपालपक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अदालतको अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ । अधिवक्ता समिर हायुले सोमबार सर्वोच्च अदालतमा अध्यक्ष प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

प्रचण्डले शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा अदालतमाथि टिप्पणी  गर्दै 'सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौँ । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत नै ठूलो हो । सारा देशले सुने हुन्छ ।’