४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा शान्ति पर्व शुरु-फोटो फिचर



अ+ अ-

लुम्बिनी । भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति पर्व शुरु भएको छ ।

शान्ति पर्वको आज उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् ।

शान्ति पर्वअन्तर्गत आज बिहान ध्यान शिविर आयोजना गरिएको छ । कार्यक्रमका लागि चीनदेखि कलाकार, खेलाडी, बुध्द धर्मका अनुयायी र शान्तिका उपासकहरु लुम्बिनीमा पुगेका छन् ।

चिनियाँ राजदूत छन् सोङ्गले विश्व शान्ति र दुई देशको सम्बन्धका बहुआयामिक पक्षवारे आफ्नो भनाइ राखेका छन् ।

यो कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति म्याराथुन,अन्तर्राष्ट्रिय ध्यान दिवस र शान्ति कन्सर्टजस्ता कार्यक्रम समावेश गरिएको छ ।

नेपाल पर्यटन बोर्ड, काठमाडौंस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा आज र भोलि यो कार्यक्रम हुने छ ।

महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटकीयस्थलको रुपमा प्रवर्धन गर्ने आयोजकहरुले विश्वास लिएका छन् । साथै, महोत्सवले नेपाल र चीनबीच राज्य तथा जनस्तरको सम्बन्धलाई थप कसिलो बनाउने उनीहरूको दावी छ ।