२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा शान्ति पर्व शुरु-फोटो फिचर



अ+ अ-

लुम्बिनी । भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति पर्व शुरु भएको छ ।

शान्ति पर्वको आज उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् ।

शान्ति पर्वअन्तर्गत आज बिहान ध्यान शिविर आयोजना गरिएको छ । कार्यक्रमका लागि चीनदेखि कलाकार, खेलाडी, बुध्द धर्मका अनुयायी र शान्तिका उपासकहरु लुम्बिनीमा पुगेका छन् ।

चिनियाँ राजदूत छन् सोङ्गले विश्व शान्ति र दुई देशको सम्बन्धका बहुआयामिक पक्षवारे आफ्नो भनाइ राखेका छन् ।

यो कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति म्याराथुन,अन्तर्राष्ट्रिय ध्यान दिवस र शान्ति कन्सर्टजस्ता कार्यक्रम समावेश गरिएको छ ।

नेपाल पर्यटन बोर्ड, काठमाडौंस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा आज र भोलि यो कार्यक्रम हुने छ ।

महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटकीयस्थलको रुपमा प्रवर्धन गर्ने आयोजकहरुले विश्वास लिएका छन् । साथै, महोत्सवले नेपाल र चीनबीच राज्य तथा जनस्तरको सम्बन्धलाई थप कसिलो बनाउने उनीहरूको दावी छ ।

 




भर्खरै