• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान ★   सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन् ★   स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन ★   टिप्ताला नाका खुलाउने तयारी ★   जोडीहरू किन सबैभन्दा बढी घाँटीमा चुम्बन गर्न मन पराउँछन् ? ★   जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ ★   यी हुन् विश्वका सात कम जनसंख्या भएका सहर, यहाँ त ३० जना मात्रै बस्छन् ★   एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण

बेलडाँगी र पथरी शिविरका ज्येष्ठ नागरिक र अशक्तलाई सहयोग रकम वितरण



विराटनगर : झापाको बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, असक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जीवन निर्वाह रकम वितरण गरेको छ ।

सो फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बेलडाँगी शिविरका एक सय ५७ र पथरी शिविरका ५७ जनालाई मासिक जनही रु पाँच हजारका दरले जीवन निर्वाह एवं पौष्टिक आहारका लागि बुधबार सो रकम वितरण गर्नुभएको हो ।

अध्यक्ष अधिकारीले विगतदेखि नै शिविरका ज्येष्ठ नागरिक, असहाय र असक्तहरूलाई मासिक रूपमा सो रकम उपलब्ध गराउँदै आउनुभएको छ । शरणार्थी शिविरभित्र कष्टकर जीवन निर्वाह गरिरेहका यी नागरिकलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा यो कार्यक्रम विगतका वर्षदेखि निरन्तर रहेको हो । सो फाउण्डेसनले रकम प्राप्त गर्ने ती नागरिकलाई स्थानीय बैंकमा खाता खोलिदिएर सोही बैंक खातामार्फत सो भत्ता उपलब्ध गराउँदै आएको छ ।

बुधबार झापाको बेलडाँगी शिविरमा आयोजित कार्यक्रममा फाउण्डेसनका अध्यक्ष अधिकारीले पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकामा रहेका आफूहरूले शिविरमा अलपत्र छोडिएकाहरूका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले शिविरमा रहेका नेपालीभाषीहरूको स्वदेश फिर्ती, तेस्रो मुलुकको पुनर्वास या नेपालमै नेपाली भई बाँच्ने अवसर प्रदान गर्नेबारेमा गम्भीर रूपले सोचिदिन नेपाल सरकारसँग आग्रह पनि गर्नुभयो ।

यी दुई शिविरमा छिमेकी मुलुक भुटानबाट अन्यायपूर्वक लखेटिएर नेपालमा जबर्जस्ती शरणार्थी बनाइएका लगभग आठ हजार नेपालीभाषीको बसोबास गर्दछन् । ती शिविरका अशक्त तथा असहायहरूका लागि फाउण्डेसनले ‘डे केयर’को पनि व्यवस्था गरेको छ । त्यसैगरी बालबालिकाका लागि उचित शिक्षादीक्षा उपलब्ध हुन सकोस् भनेर स्थानीय विद्यालयका लागि अङ्ग्रेजी, विज्ञान, गणितजस्ता विषयका २२ जना शिक्षक शिक्षिका उपलब्ध गराएको छ ।

फाउण्डेसनको सहयोगमा पथरी शिविरमा स्वास्थ्य चौकी निर्माण भइरहेको छ भने बेलडाँगी शिविरको स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय शिविर व्यवस्थापन समितिसँगको परामर्श सुरु भएको छ । त्यसैगरी यी दुवै शिविरका लागि एक–एक एम्बुलेन्स उपलब्ध गराउन फाउण्डेसनले नगरपालिकासँग समझदारी गरेर रकम निकासा गरेको छ ।

त्यसक्रममा शिविरका शरणार्थीहरूले परिचयपत्र नवीकरण एवं जन्ममृत्यु र विवाह दर्ताको काम रोकिँदा समस्या भएको गुनासो गरेपछि फाउण्डेसनका अध्यक्ष अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग भेट गरी सो समस्या तत्काल समाधानका लागि आग्रह गर्नुभएको थियो ।रासस