• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिने



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् ।

विश्वासको मत नपाउने सम्भावना भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन् ।

मुख्यमन्त्री चौधरीले आज दिउँसो ४ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर, विश्वासको मत नपाउने सम्भावना भएपछि उनले राजीनामा दिने तयारी गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । जसमा कांग्रेसका २७ सांसद रहेका छन्।

यस्तै, लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र एक स्वतन्त्र सांसद छन् ।