१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

गण्डकीमा सरकार बनाउन दलहरुको कसरत सुरु

गण्डकीमा सरकार बनाउन दलहरुको कसरत सुरु
अ अ+ अ-

गण्डकी । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ उपधारा (२) बमोजिम यही चैत २७ गते अपराह्न ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

संविधानको उक्त व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्नेछन् । प्रदेश प्रमुख भट्टले दिएको समय सीमाभित्र बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुले कसरत थालेका छन् ।

नयाँ सत्ता गठबन्धन र नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल अगाडि बढाएको हो । सरकार बनाउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मिलेर बनेको गठबन्धनलाई थप दुई तथा कांग्रेसलाई चार प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । साठी सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सात ९सभामुखबाहेक०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य हुनुहुन्छ । नयाँ सरकार गठनका लागि राप्रपा निर्णायक देखिएको छ । एमाले–माओवादी गठबन्धनलाई राप्रपाले साथ दिए सहजै सरकार बन्छ । कांग्रेसलाई राप्रपाका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्यले साथ दिँदा पनि बहुमत पुग्दैन ।

एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले राप्रपाको समर्थनमा एमाले–माओवादीसहितको गठबन्धन सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो । “राप्रपाले सहयोग गर्छ भन्नेमा हामी ढुक्क छौँ, प्रदेश प्रमुखले दिएको समयभित्र बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी पेस गर्छौँ”, उहाँले भन्नुभयो, “गण्डकीमा विगतदेखि नै राप्रपासँग सहकार्य हुँदै आएकाले अहिले मिलेर अगाडि बढ्ने वातावरण बन्दैछ ।”

उहाँले केन्द्रमा भएको सहमतिअनुसार एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने बताउनुभयो । राप्रपालाई विश्वासमा लिन प्रदेशदेखि र केन्द्रसम्म संवाद भइरहेको प्रमुख सचेतक नेपालीले बताउनुभयो ।

“जिम्मेवार दलका हिसाबले राप्रपाले उचित निर्णय लिन्छ भन्नेमा हामी विश्वस्त छौँ, प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिन राप्रपाको भूमिका महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो । कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि हरसम्भव प्रयास गरिने बताउनुभयो ।

“संविधानको धारा १६८ उपधारा ९२० अनुसार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेसका गर्न हाम्रो सम्पूर्ण प्रयास केन्द्रित छ”, उहाँले भन्नुभयो, “यो प्रक्रियाबाट कुनै पनि दलले सरकार गठन गर्न नसके ठूलो दलका हैसियतामा कांग्रेसकै नेतृत्वमा सरकार बन्छ ।” राप्रपा अनिर्णित रहँदासम्म बहुमतको सरकार बन्ने सम्भावना नरहेको प्रदेशसभा सदस्य सुवेदीले बताउनुभयो ।

दलहरूले संविधानको धारा १६८ को उपधारा ९२० अनुसार नै सरकार बन्ने दाबी गरिरहेका छन् । उक्त प्रक्रियाबाट सरकार बन्न नसके ठूलो दलका रूपमा कांग्रेसले सरकार बनाउने बाटो खुल्छ । त्यसरी बन्ने सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।

सरकार गठनका लागि निर्णायक देखिएको राप्रपाले भने तत्काल सत्ताको जोडघटाउमा नलाग्ने प्रष्ट पारेको छ । राप्रपाको समर्थन जुटाउन कांग्रेस र एमाले–माओवादी गठबन्धनले लगातार प्रयास गरे पनि त्यसबारे राप्रपा अहिलेसम्म अनिर्णित छ । चैत २७ गतेसम्म आन्दोलनमा रहेको राप्रपाले त्यसपछि सङ्घ र प्रदेश सरकारबारे आवश्यक निर्णय लिने जनाएको छ ।

यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारमा तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरेको थियो । राप्रपा प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले चैत २७ गतेपछि मात्र सरकारबारे निर्णय लिइने बताउनुभयो ।

“प्रदेश सरकारलाई समर्थन गर्ने–नगर्ने भन्ने विषय चैत २७ गतेपछि मात्रै थाहा हुन्छ, केन्द्रबाट जे निर्देशन आउँछ प्रदेशमा पनि त्यही लागू हुन्छ”, उहाँले भन्नुभयो, “अहिलेलाई हामी तटस्थ छौँ, कुनै पनि दललाई समर्थन गर्दैनौँ ।” केन्द्रमा भएको सत्ता समीकरण फेरबदलको असर गण्डकी प्रदेशमा पनि परेको हो ।

गत फागुन २३ गते तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्थाअनुसार यही चैत २३ गतेभित्र मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्नेमा उहाँले त्यसो नगरी राजीनामा दिनुभएको हो । प्रदेशसभाबाट विश्वासको मत पाउने आधार नदेखिएपछि मुख्यमन्त्रीको राजीनामा आएको हो ।

गत वैशाखमा सरकारको नेतृत्व सम्हाल्नुभएका पाण्डेले वर्ष दिन पनि नपुगी राजीनामा दिनुपर्ने परिस्थिति बनेको हो । विसं २०७४ मा प्रदेश स्थापना भएयता गण्डकीमा पाँच सरकार बनिसकेका छन् । यसअघि एमालेका पृथ्वीसुब्बा गुरुङ, खगराज अधिकारी र नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । गोरखा क्षेत्र नं २ (२) बाट प्रदेशसभामा निर्वाचित मुख्यमन्त्री पाण्डेले गत वर्ष वैशाखमा सरकारको नेतृत्व सम्हाल्नुभएको थियो । केन्द्रमा भइरहने सत्ता परिवर्तनको असर प्रदेश सरकारमा पनि पर्दै आएको छ । रासस