१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

विदेशमा बसेका नेपालीहरुका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था

विदेशमा बसेका नेपालीहरुका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था
अ अ+ अ-

काठमाडौँ । कन्सुलर सेवा विभागले आजबाट विदेशमा बसेका नेपालीहरुका गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत दर्ता गराउन सक्नेगरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ ।

बिहीवार विभागस्थित कार्यालयमा एक कार्यक्रमबीच गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको शुभारम्भ गरेको हो ।

नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको भन्दै ब्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फारम भरेर लिन सकिने उल्लेख गर्नुभयो । उहाँले फारम भरेपछि विभागले तत्काल नै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आजबाट प्रारम्भ भएको नयाँ मोड्युलले सबै नियोगहरुमा तथा देशभित्र र बाहिर पनि सबैले कन्सुलर सेवा प्राप्त गर्नका निम्ति अनलाइनबाट नै सेवा लिन सकिने व्यवस्था शुरु गरेको बताउनु भयो ।

उपप्रधनमन्त्री श्रेष्ठले सरल र पारदर्शी ढंगले कन्सुलर सेवा हरेकले प्राप्त गर्नसक्ने व्यवस्थाअन्तर्गत नयाँ मोड्युल आजदेखि प्रारम्भ भएको बताउनु भयो । उहाँले आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमीकहरु घाइते र मृत्यु भएको अवस्थामा उनीहरुको क्षतिपूर्ति सहितको माग दाबीका लागि दुतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्नसक्ने गरी व्यवस्था गर्ने पनि बताउनु भयो । उहाँले समस्या समाधानका लागि घरबाटै फारम भरेर काम गर्नसक्ने व्यवस्था गर्न लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले विदेशमा रहेका, हामीले कन्सुलर सेवा, जो देश भित्रका छन्, यहीँ आउनु नपर्ने गरेका त छाँै, त्यो धेरै प्रचारप्रसार गर्न नसकेको वा जनताले नबुझेको कारणले अहिले पनि कन्सुलर सेवाको निम्ति यहाँ आउने, यहाँ आउने मात्रै होइन, पहिला नाम बोकेर मन्त्रालयमा आउने, मन्त्री कहाँ आउने, नभए सचिवलाई भेट्ने, लौ न यस्तो छ भन्नुपर्‍यो भन्ने स्थिति छ । जबकी अहिले हामीले केही गर्नै पर्दैन । गाउँबाटै हामीले कन्सुलर सेवा अनलाइन फारम भरे पुग्छ । तुरुन्तै हामी कार्यान्वयको प्रक्रियामा जान्छाँै । विधि सम्मत ढंगले जान्छाँै । कहाँ पुगेको छ काम ? भन्नेसम्मको हेर्न पाइन्छ । हामीले क्षतिपूर्ति रकमहरुको सन्दर्भमा समेत त्यो क्षतिपूर्ति रकमको प्रोसेस कहाँ पुगेको छ, पैसा यहाँ आइपुग्यो की पुगेन, जिल्ला कार्यालयमा पुग्यो की पुगेन समेत हेर्न पाइन्छ । आजदेखि यो नयाँ मोड्युलले सबै नियोगहरुमा हामीले देशभित्र र बाहिर पनि सबैले कन्सुलर सेवा प्राप्त गर्नका निम्ति यसरी अनलाइनबाट नै सेवा लिन सकिने व्यवस्था गरेका छाँै ।’

‘सरल र पारदर्शी ढंगले कन्सुलर सेवा हरेकले प्राप्त गर्नसक्ने व्यवस्थाअन्तर्गत नयाँ मोड्युल आजदेखि प्रारम्भ गरेका छौँ । अर्को पाँच, सात दिनपछि नयाँ डेभलपमेण्ट थाहा पाउनुहुन्छ । हामी त्यसमा गृहकार्य गरिरहेका छौँ । हामीले वैदेशिक रोजगारीका सन्दर्भमा डेमाण्ड लेटर एटेस्टेशनको समस्या छ । त्यसलाई म्यानपावर एजेन्सीहरु राजदुतावास नै पुग्नुपर्ने, काम नभए फर्किनुपर्ने अवस्था छ, त्यो सबैलाई जोडेर म्यानपावर एजेन्सी कम्पनीहरु पनि दुतावास आउनु नपर्ने, कम्पनी अफिसबाटै गर्न सकिने, दुतावासले पनि प्रमाणीकरणको प्रक्रिया ठिक छ की छैन भन्नेकुरा हेर्ने र ठिक छ भनेपछि आएर पेमेण्ट गर्ने गरी एटेस्टेशन पूरा गर्नेगरी हामी वैदेशकि रोजगार विभागसँग समन्वय गरी छलफल गरिरहेका छाँै । यसले अर्को कायापलट गर्नेछ ।’

कन्सुलर सेवालाई गाउँपालिका, नगरपालिकाहरुबाट नै गर्नसक्ने अनलाइन प्रणाली शुरुवात गरिसकेको बतउनु भयो । उहाँले नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्रको लागि गाउँपालिका, नगरपालिकाहरुबाट नै गर्नसक्ने अनलाइन प्रणालीको व्यवस्था गरिसकेको बताउनु भयो । उहाँले कन्सुलर सेवालाई अझ प्रभावकारी ढंगले अघि बढाउने काममा लागिरहेको जिकिर गर्नुभयो । चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन मसान्तसम्म विभागले प्रमाणीकरणका लागि सेवा प्रवाह गरिउका सेवाग्राहीको संख्या ३ लाख ७२ हजार ४२९, अनलाइन कन्सुलर प्रमाणीकरण सेवा लिने सेवाग्राही संख्या ३ लाख ३ हजार ७५१, प्रमााणिकरण गरिएका कागजातको संख्या ४ लाख २९ हजार ७४५, अनलाइन कन्सुलर प्रमाणिकरण गरिएका कागजातको संख्या ३ लाख ३ हजार ७५१, प्रमाणीकरणबाट उठेको राजश्व रकम २१ करोड ६१ लाख ७७ हजार ५३९ रहेको बताएको छ ।

त्यस्तै विभागले आर्थिक वर्ष २०८०/०८१ को फागुन मसान्तसम्म प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणबाट उठेको जम्मा राजश्व १५ करोड १८ लाख ७५ हजार ५ सय, अन्य कागजातबाट उठेको राजश्व ६ करोड २९ लाख ९७ हजार उठेको बताएको छ । त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को फागुन मसान्तसम्म विभिन्न देशमा गएका नेपाली नागरिकहरुको खोज, तलास तथा उद्धारका लागि पहल गरिएको संख्या ५ सय ९३, विदेशमा मृत्यु भएका वा घाइते भएका नेपालीहरु नागरिकहरुको क्षतिपूर्तिको रकम माग गर्न पठाइएको संख्या २०१, विदेशमा मृत्यु भएका नेपालीहरुको शव झिकाउने तथा विदेशमा दाहसंस्कार गरिएको संख्या १५२ रहेको जनाएको छ ।