२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष स्थापना



अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उहाँकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।

राई दम्पतिका जेठा छोरा बेलायती सेनाका पूर्वमेजर मिलन राई, कान्छा छोरा रामचन्द्र राई र छोरीहरु अनुता राई, अविसरा राई, अन्जना राई र अम्बिका राईले आफ्ना बुबाआमाको सम्मानमा रु पाँच लाखको ‘दलसेर–चामकुमारी राई शैक्षिक अक्षयकोष’ स्थापना गर्नुभएको हो ।

अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजले वार्षिकरुपमा एकजना उत्कृष्ट विद्यार्थी, सधै विद्यालयमा उपस्थित हुने विद्यार्थी र कक्षा–७ को वार्षिक परीक्षामा सबैभन्दा अधिक अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना भएको विद्यालयले जनाएको छ ।

बाम्राङमा जन्मिएर बेलायतलाई कर्मभूमि बनाउँदै आएका राई दम्पतिका सन्तानले अक्षयकोष सञ्चालनका लागि स्थानीय सहवीर राईको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको जानकारी दिनु भएको छ । समितिको उपाध्यक्षमा जमानसेर राई, सचिवमा प्रदीप राई, सहसचिवमा सीता खत्री, कोषाध्यक्षमा सोही विद्यालयका प्रधानाध्यापक विमला सुन्दास तथा सदस्यहरुमा प्रेमचन्द्र थापा र राजबहादुर पाण्डे हुनुहुन्छ ।

कक्षा–८ सम्म अध्ययन–अध्यापन हुँदै आएको उक्त विद्यालयमा दलसेर राई दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुभएको थियो । रासस