२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिका पुगेर गरिने मुक्तिनाथ धामको पूजा अर्चना (फाेटाे फिचर)



अ+ अ-

पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिकाको क्यालिफोर्नियास्थित बेएरियास्थित मुक्तेश्वर महादेवमा रहेको मुक्तिनाथ धामको पूजाअर्चना गर्नुभएको छ । यो नेपाल बाहिर स्थापित पहिलो मुक्तिनाथ धाम हो ।

हिमानी ट्रस्टकी संरक्षकसमेत रहेकी पूर्वयुवराज्ञी हिमानीले नेपाली धर्म संस्कृतिको संरक्षणका लागि देशभित्र वा बाहिर जहाँसुकै हुने काममा आफ्नो परिवारको सहयोग हुने बताउनुभयो । ‘प्रवासी भूमिमा पनि नेपाल र नेपालीको पहिचान उच्च राख्ने कार्य प्रशंसनीय छ, यस अनुकरणीय कार्यलाई मैले आफ्नो स्मृतिपटलमा सदाका लागि सजाएकी छु’ मुक्तिनाथ धाम सञ्चालन परिवारबाट अभिनन्दित समेत हुनुभएकी शाहले भन्नुभयो ।

दुई घण्टाभन्दा बढी समय मुक्तिनाथ धाममा विताएकी पूर्वयुवराज्ञी शाहको स्वागत गर्दै मुक्तिनाथ धाम निर्माण समितिका अध्यक्ष अनिल पाण्डेले नेपाल निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पृथ्वीनारायण शाहका उत्तराधिकारी परिवारका सदस्यको पूजापाठका कारण यस धामको महिमा अभिवृद्धि भएको बताउनुभयो । अध्यक्ष पाण्डेले कार्यक्रमको अन्त्यमा शाहको लिखित अभिनन्दन पनि गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्ष पशुपति कँडेलको नेतृत्वमा रहेको समूहले मुक्तिनाथको भजनका साथ शाहको स्वागत गर्दै आरम्भ भएको कार्यक्रममा सुजल शर्माको स्वागत मन्तव्य, सुजाता अर्याल लगायतका महिला समूहको स्वागत, पञ्चकन्याद्वारा पुष्पगुच्छा अर्पण, हिन्दु र बौद्ध धर्मअनुसार पूजा–अर्चना र शान्तिपाठ गरिएको थियो । कार्यक्रममा ६०० भन्दा बढी नेपाली तथा अमेरिकी सहभागी थिए ।

फोटो- मदरल्याण्ड नेपाल

 

 

 

 

 

 

 

 

 




भर्खरै