४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो

‘क्यान्सर लाग्दैमा ज्यान जाँदैन, सही उपचार र हौसला आवश्यक छ’ : अम्बिका श्रेष्ठ

‘क्यान्सर लाग्दैमा ज्यान जाँदैन, सही उपचार र हौसला आवश्यक छ’ : अम्बिका श्रेष्ठ
अ+ अ-

काठमाडौं । नेशनल हस्पिटल एण्ड क्यान्सरसेन्टरको छैठौं सम्मेलनतथा अमेरिकी सोसाइटी अफक्लिनिकल अंकोलोजी (एस्को) को वहुआयामिक क्यान्सर व्यवस्थापन कोर्स राजधानीमा सम्पन्न भयो ।

दुई दिनसम्म आयोजना भएको सो सम्मेलनमा नेपाललगायत अमेरिका, भारत, पाकिस्तान र श्रीलंकाका छाती (फोक्सो) तथा टाउको र घाँटीको क्यान्सर विशेषज्ञ, सर्जनका साथै क्यान्सरका विरामीको उपचारसँग सम्वन्धित रेडिएशन, प्याथोलोजी, नर्सिङ्ग, सामाजिक र मनोपरामर्शदातालगायतको सहभागिता थियो ।

पछिल्लो समयमा छाती (फोक्सो) तथा टाउको र घाँटीको क्यान्सरको निदान र उपचारमा प्रयोग गरिएका औषधि र उपचार विधिबारे अनुभव आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको सम्मेलन आयोजक समितिका अध्यक्ष एवम् वरिष्ठ छाती तथा क्यान्सर विशेषज्ञ डा.मदनकुमार पियाले बताए ।

क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर जाउलाखेल र अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एस्को) को संयुक्त आयोजनामा भएको सम्मेलनको नेपालकै जेष्ठ होटल व्यवसायी, द्वारिकाज होटल एण्ड रिसोर्टकी अध्यक्ष ९३ वर्षीया अम्बिका श्रेष्ठले उद्घाटन गरीन् ।

सम्मेलनमा नेपालीको बढ्दो जीवनस्तर र परिवर्तित जीवन शैलीका कारण क्यान्सरका विरामी बढीरहेको उल्लेख गर्दै श्रेष्ठले विरामीलाई समयमै उपयुक्त उपचारको साथै उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुबाट सहयोग र हौसला आवश्यक रहेको बताइन् ।
‘क्यान्सर लाग्दैमा ज्यान जाँदैन, क्यान्सरपछि पनि जीवन छ, तर यो कुरा उपचारमा संलग्न चिकित्सकले विरामीलाई हौसला दिएर उसले बुझ्ने गरि सम्झाउनुपर्छ’—उनले भनिन् ।

श्रेष्ठले आफुलाई पनि धेरै अघि क्यान्सर भएको तर समयमै उपचारपछि क्यान्सरलाई जित्न सफलभएको अनुभव सुनाईन् ।
कार्यक्रममा क्यान्सर केयर नेपालका महासचिव तथा सम्मेलन आयोजक समितिका महासचिव प्रा.श्यामकृष्ण जोशी, सचिव डा. रश्मी पुन, सम्मेलनको वैज्ञानिक समितिकी अध्यक्ष डा.सन्धया चापागाई र क्यान्सर केयर नेपालका उपाध्यक्ष प्रभुराज वैद्यले सम्मेलनका आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए भने सम्मेलनमा सहभागी भएका एस्को अमेरिकाका डा. प्रकाशचन्द्र न्यौपाने र डा. सराह, पाकिस्तानका प्रा.डा. मोहम्मद इजाजम सुद, श्रीलंकाका डा. एन.जय कुमारनन, टाटा मेमोरियल अस्पताल भारतका उपनिर्देशक डा. पंकज चतुर्वेदीलगायत सम्मेलनले दक्षिण एशियामा क्यान्सरको निदान र उपचारमा सरलता र एकरुपता आउँदै गरेकोमा खुसी व्यक्त गरे ।