९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

तल्लो क्रम चल्न नसक्दा हार्यो नेपाल

तल्लो क्रम चल्न नसक्दा हार्यो नेपाल
अ अ+ अ-

काठमाडौँ । तल्लो क्रमका ब्याटरको साथ पाउन नसक्दा नेपाल ‘ए’ ले शनिवार आयरल्याण्ड ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेट पनि गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो खेलमा पनि ४० रनको हार व्यहोरेपछि नेपाल ‘ए’ ले एक खेल अगावै पाहुना टोलीसँगको श्रृंखला गुमाएको हो । तीन खेलको श्रृंखलामा नेपाल ‘ए’ २–० ले पछि परेको हो । पहिलो खेलमा पनि तल्लो क्रमका ब्याटरले साथ नदिँदा नेपालले २१ रनको हार व्यहोर्नुपरेको थियो । नेपालले लगातार दोस्रो दिन विशाल लक्ष्य सामना ग¥यो । उत्कृष्ट शुरुवातका बाबजुद लक्ष्य भेट्टाउन भने सकेन । आयरल्याण्ड ‘ए’ ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमै १८४ रनमा समेटियो ।

नेपालले ७.३ ओभरमा नै सय रन जोड्दै बलियो शुरुवात ग¥यो । तर सो लय जारी राख्न भने सकेन । ओपनर देव खनालको ४७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । उनले २५ बलमा सात चौका प्रहार गरे । पहिलो विकेटका लागि देव र लोकेश बमले ४७ रनको साझेदारी गरे । अघिल्लो खेलमा शतक बनाएका लोकश २५ रनमा आउट हुन पुगे । बसिर अहमदले २७ रन, कप्तान विनोद भण्डारीले २६ रन, कमलसिंह ऐरीले ११ र पवन सराफले १० रन जोडे पनि पर्याप्त भएन ।

आयरल्याण्ड ‘ए’ को बलिङमा बेन ह्वाइटले तीन, फिओन हान्ड र थोमस मायसले समान दुई विकेट लिए । म्याथ्यु फोस्टर र गारेथ डोलानीले समान एक विकेट लिँदै नेपालको जित रोके । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रनको योगफल बनायो । कप्तान निल रकले नटआउट ७१ रन र पिटर मोरले ६५ रन जोडेपछि आयरल्याण्ड ‘ए’ ले चुनौतीपूर्ण लक्ष्य बनायो । निलले ३४ बलमा सात छक्का र एक चौका हिर्काए ।

पिटर मोरले २६ बलमा सात छक्का र तीन चौका हिर्काए । नीलले सातौं विकेटका लागि हान्डसँग ६७ रन र पाँचौं विकेटका लागि मोरसँग ६१ रनको साझेदारी गरे । जेम्स म्याकोलुमले २६, रोस अदैरले १७ र गेराथ डेलानीले १० रन जोड्दा हान्ड १९ रनमा नटआउट रहे । नेपालको बलिङमा सागर ढकालले तीन विकेट लिँदा कमलसिंह ऐरी र पवन सर्राफले समान एक विकेट निकाले । नेपालले सोमवार तेस्रो तथा अन्तिम खेल खेल्नेछ ।