२७ मंसिर २०८२, शनिबार
,
Latest
‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ एमाले महाधिवेशनमा कार्यकर्ताको भीड – फोटोफिचर एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहली आईपीएलमा कुनै पनि टिमबाट सबैभन्दा धेरै छक्का हिर्काउने ब्याट्सम्यान



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १० औं खेलमा १७ औं सिजनको महत्वपूर्ण कीर्तिमान तोडिएको छ ।

कोलकाता नाइट राइडर्सले घरेलु टोली रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गरेको छ । यसअघिका ९ खेलमा घरेलु टोलीले मात्र जित हासिल गरेको थियो । प्लेयर अफ द म्याच सुनिल नारायणले आफ्नो टी–२० करियरको ५०० औं खेल खेले ।

आरसीबीका स्टार ब्याट्सम्यान विराट कोहलीले आईपीएलमा आफ्नो ५२औँ अर्धशतक बनाए, यस इनिङमा ४ छक्का सामेल छन् । योसँगै उनी आईपीएलमा कुनै टिमबाट सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले क्रिस गेलको कीर्तिमान तोडे ।

उनले आईपीएलमा २४१ छक्का प्रहार गरेका छन् । उनी सन् २००८ देखि एउटै टोलीबाट खेल्दै आएका छन् र अहिले आईपीएल टोलीका लागि सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।

उनीपछि आरसीबीकै क्रिस गेल र एबी डिभिलियर्स छन् । आरसीबीका लागि गेलले २३९ र डिभिलियर्सले २३८ छक्का प्रहार गरेका छन् । यस्तै, चौंथो नम्बरमा मुम्बई इन्डियन्सका कियरोन पोलार्ड रहेका छन् । उनले २२३ छक्का प्रहार गरेका छन् । यस्तै मुम्बइकै रोहित शर्मा २१० छक्काका साथ पाँचौं नम्बरमा छन् ।