१ असार २०८३, सोमबार
,
Latest
नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका केन्द्रीय अध्यक्ष ठाकुर दिल्लीमा



महन्थ ठाकुर
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर दिल्ली पुगेका छन् । अध्यक्ष ठाकुर मुटुको नियमित चेकजाँचका लागि  मेदान्त अस्पतालमा दिल्ली गएका हुन्। प्रतिनिधि सभा विघटनपछि ठाकुर दिल्ली जानुलाई चासोपूर्वक हेरिएको छ।

कोरोनाका कारण दिल्ली जान नसकेका ठाकुर सोमबार स्थलमार्गबाट दिल्ली गएका जसपाका नेता केशव झाले जानकारी दिए । ठाकुर ३/४ दिन अस्पतालमै रहनेछन्।

‘उहाँको मुटुको नियमित जाँच गराउनुपर्छ, कोरोनाले गर्दा बीचमा मेदान्त अस्पताल जान सकिएको थिएन, यही नर्भिकमा चेकजाँच भएको थियो’, झाले भने, ‘अहिले भने मेदान्तमै फलोअप गर्न जानुभएको हो।’