३ आश्विन २०८१, बिहीबार
,
Latest
गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई मन पराउने हनुमान र अन्धभक्त मात्रै हुन् : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै मन पराउने आरोप लगाएका छन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले शिक्षक संगठन एकीकृत गर्न नदिएको बताएका हुन् । 

प्रचण्डले प्रतिगमनको वकालत गरेकोले ओलीसँग हार्नेबाहेक अरू विकल्प नरहेको पनि दाबी गरेका छन्।

विगतमा ओलीले शिक्षकहरूको औपचारिक संगठन बनाउन हुन्न भने पनि अहिले धमाधम शिक्षक राखेर केन्द्रीय समिति विस्तार गरेकोले त्यो ठगी कुरा मात्रै भएको पुष्टि भइसकेको प्रचण्डको भनाइ थियो।

‘शिक्षकहरूलाई विचार र राजनीतिबाट अलग राख्नुपर्ने हुन्छ, शिक्षकहरूको औपचारिक संगठन बनाउन हुँदैन। शिक्षकहरूलाई पार्टीको कुनै पदमा राख्न हुँदैन भन्ने सोचका प्रवक्ता केपी ओली नै हो,’ उनले भने, ‘तर त्यो ठगीवाला कुरा थियो। उहाँको त्यो साँचै कुरा थियो भने अहिले केन्द्रीय समितिमा म्यादी प्रहरीजसरी शिक्षक भर्ती गरिरहेका छन्।’