११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको लडाइँ केपी ओली र हाम्रोबीचको निजी लडाइँ होइन : नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अहिलेको लडाइँ केपी ओली र आफूहरुबीचको निजी लडाइँ नभएको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै नेपालले अहिलेको लडाइँ केपी ओलीसग नभइ उनको प्रतिगामी कदमविरुद्धको लडाइँ भएको बताएका हुन् । 

'केपी ओलीको प्रतिगामी कदमविरुद्ध संघर्षमा रहेको छौं । उनले संवैधानिक शासनलाई चुनौती दिएका छन् । आजसम्म प्राप्त उपलब्धि जोगाउन हामी जुधिरहेका छौं । यो लडाइँ केवल केपी ओली र हामीबीचको निजी लडाइँ होइन,’ उनले भने, संघीयता, लोकतन्त्रलाई कमजोर बनाउने र बलियो बनाउन चाहनेबीचको लडाइँ हो । यो संघर्षमा जित्न सकेनौं भने नेपाली जनता हार्नेछन् । नेपाल राष्ट्र हार्नेछ ।’

अध्यक्ष नेपालले ओली नेकपाबाट चोइटिएर गएको भन्दै उनीसँग साइबर सेना मात्रै रहेको दाबी गरे । 'चोइटिएर गएका केपी ओलीसँग आसेपासे मात्रै छन् । भक्तहरु मात्रै छन् । त्यहाँ क्रान्तिकारीहरु, योद्धाहरु हैन । साइबर सेना मात्रै छ । परिवर्तनको चाहना राख्नेहरु हामीसँग छन्,' उनले भने ।

उनले संविधान, कानुनबमोजिम सर्वोच्च र निर्वाचन आयोगबाट फैसला हुने विश्वासमा आफूहरु रहेको भनाइ छ । '४३३ जनाको केन्द्रीय कमिटीमा झण्डै ३ सयको हाराहारीमा सदस्यहरु हाम्रो साथमा छन् । केपीको पक्षमा १०० जति पनि छैनन् । हामीलाई विश्वास छ, अदालत, निर्वाचन आयोगबाट संविधान र कानुनअनुसार फैसला हुनेछ,' नेपालले भने, 'जहाँ हामी छौं, सूर्य चिन्ह त्यहीँ आउँछ ।'