९ श्रावण २०८३, शनिबार
,
Latest
रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले एसिया कप खेल्ने



अ+ अ-

काठमाडौँ । नेपालले आगामी जुलाईमा हुने एसीसी महिला एसिया कपमा सहभागिता जनाउने भएको छ । एसियन क्रिकेट काउन्सिलले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले एसिया कप खेल्ने पक्का भएको हो ।

गत फागुनमा मलेसियामा भएको छनोटमा सेमिफाइलनमा मलेसियासँग पराजित भएपछि नेपालको एसिया कप खेल्ने सम्भावना सकिएको थियो । तर, मंगलबार सार्वजनिक तालिकाअनुसार नेपालले एसिया कप खेल्ने निश्चित भएको छ ।

छनोट हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाललाई पनि सहभागी बनाउनुपर्छ भन्नेबारे कुरा राखेको थियो । यसप्रकारको लविङले नै यो सम्भव भएको हो ।

एसीसी प्रिमियर कपको फाइनलमा पुग्ने दुई टोलीले मात्रै एसिया कप खेल्न पाउँथे । सोहीअनुसार मलेसिया र यूएईले एसिया कपमा स्थान बनाएका थिए । तर, अहिले भने सेमिफाइनल पुग्ने टोलीलाई पनि एसिया कप खेल्ने अवसर दिँदा नेपालले अवसर पाएको हो ।

यस्तै, थाइल्यान्डले पनि एसिया कप खेल्ने भएको छ । थाइल्यान्ड पनि सेमिफाइनल पुगेको थियो ।