३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

संसद्को गतिरोध हटाउन सरकार र प्रतिपक्षी किन मौन ?

संसद्को गतिरोध हटाउन सरकार र प्रतिपक्षी किन मौन ?
अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण नै गृहमन्त्री लामिछानले राजनीतिक दलसम्बन्धी विधेयक नै सदनमा पेश गर्न पाएका छैनन् । यो विधेयक चैत २ गते संसदमा पेश गर्ने कार्यतालिका थियो । तर कांग्रेसले लामिछानेलाई गृहमन्त्री मान्नै अस्वीकार गर्दै आएको छ ।

कांग्रेसले चैत २ गतेदेखि नै प्रतिनिधिसभाको बैठक अबरुद्ध गर्दै आएको छ । कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय गठनको मागलाई प्रधानमन्त्रीले सुनेको नसुन्यै गरिदिएका छन् । गठबन्धनको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त कांग्रेसको माग पूरा गर्न नसकिने भनिसकेका छन् । त्यसपछि लगातार जसो कांग्रेसले यो विषय प्रतिनिधिसभामा उठाउँदै आएको छ । त्यही कारण बैठक नियमित कार्यसूचीबाहेक अन्य विषयमा प्रवेश नै गर्न सकेको छैन । यहीबेला सभामुख देवराज घिमिरेले १० दिन प्रतिनिधिसभाको बैठक नै स्थगित गरिदिएर विदेश भ्रमणमा निस्किएका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसको अडान अहिले पनि कायमै छ । उसले संसदीय समिति गठन नभएसम्म संसद्मा अवरोध जारी राख्ने चेतावनी दिएको छ । कांग्रेसका नेताहरु पनि यो विषयलाई अडानका रुपमा लिँदै आएका छन् । तर अहिले प्रतिनिधिसभाको बैठक स्थगित भएका बेला सत्तापक्ष र प्रतिपक्षीलाई एकै ठाउँमा राखेर सहमतिको विन्दु पहिल्याउने काम कसैले गरेको छैन । कतिसम्म भने अहिले गठबन्धन र विपक्षी दलबीच संवादसमेत हुन सकेको छैन । संसद्लाई कसरी निकास दिने भन्ने बारे छलफल गरी एउटा उपयुक्त बाटो पहिल्याउनुपर्ने दलहरु गैरजिम्मेवार देखिन्छन् । सरकारले पनि प्रतिपक्षीलाई संवादमा ल्याएर निकासको बाटो खोजेको छैन । बरु सभामुख नभएको बहाना बनाएर पन्छिँदै आएका छन् ।

कांग्रेसका माग पूरा हुने या नहुने भन्ने विषयमा सरकारले स्पष्ट नपारेसम्म सदन नियमित हुनेमा आशंका देखिएको छ । जबकी अहिले संसद नबसेका बेला दुर्वैपक्षबीच गम्भीर छलफल हुनुपर्ने हो । १८ गते बस्ने प्रतिनिधिसभाको बैठक अघि सत्तापक्ष र प्रतिपक्षीबीच एउटा निकासाको बाटो पहिल्याउनुपर्ने हो । त्यसका लागि मध्यस्थता गर्नुपर्ने अवस्था पनि छैन । किनकी दलहरु सधैं छलफल र वार्तामै हुन्छन् । सरकारले पनि एक एक समस्या पहिचान गरेर अवरोध देखिएका ठाउँमा सहजीकरण गर्नुपर्ने हो । तर अहिलेसम्म न सरकारले यसबारे सघन छलफल गरेका छ न त प्रतिपक्षी दलले नै यसको उपाय खोजेको छ । नेताहरु अहिले दन्तबझान मात्र गरिरहेका छन् ।

अहिले चलिरहेको संसद्को हिउँदे अधिवेशन हो । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा समेत लिइन्छ । यो अधिवेशनमा सरकारले धेरै कानुन बनाउँछ । संसद् बैठक आह्वान गर्ने बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले अब धेरै वटा कानुन यही अविधेशनबाट पारित हुने दाबी गरेका थिए । तर अहिलेसम्म संसद्को गति सुस्त छ । गति बढाउने विषयमा पनि दलहरुबीच छलफल हुन सकेको छैन ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, संघीय प्रहरी, संघीय निजामती, शिक्षालगायतका महत्वपूर्ण विधेयक अलपत्र छन् । संघीयता कार्यान्वयन र न्यायिक प्रक्रियासँग सम्बन्धित यी विधेयक बेवारिसे जस्तै बनेका छन् । संसद्का समितिहरुमा एक दर्जन विधेयक विचाराधीन छन् । ती विधेयक अघि बढाउन सरकारले पहल गरेको छैन । स्वयम् सांसदलाई पनि यस्ता विषयमा छलफल र कुरा गर्ने फुर्सद छैन ।

बल्लतल्ल संसद् बैठक बस्छ । त्यो पनि आरोप प्रत्यारोप र राजनीतिक जोडघटाउमै सकिन्छ । अहिले दलहरुलाई सत्तामा कसरी टिक्ने वा नयाँ समीकरण कसरी बनाउने भन्नेमै ध्यान छ । महत्वपूर्ण विधेयकप्रति दलहरुको पुरै उदासीनता छ । न दलहरुले सरकारलाई विधेयक अघि बढाउन दबाब दिन्छन् न त सरकारले नै तदारुकता देखाएको छ । बरु संसद्को शून्य र विशेष समयमा सांसदहरु एकले अर्कोलाई खुल्याइने र आरोप प्रत्यारोप गर्नमै केन्द्रीत हुन्छन् । विषय प्रवेश गराउने ध्याउन्न कसैको छैन ।

चैत २ गतेदेखि अबरुद्ध हुन थालेको संसद्लाई नियमित प्रक्रियामा लैजान ढिलाई गर्ने हो भने यो अधिवेशनबाट कानुन बन्ने सम्भावना न्यून हुँदै जाने छ । किनकी अब यो अधिवेशनमा एक महिनाभन्दा बढी चल्ने अवस्था छैन । जेठ १५ गते सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यसअघि नै हिउँदे अधिवेशन अन्त्य गरेर बजेट अधिवेशन आह्वान गर्नुपर्छ । बजेट ल्याउनुअघि पनि संसद्मा छलफल गर्नुपर्ने भएकाले अब यो अधिवेशन बढीमा वैशख मध्यसम्म जानसक्छ । त्यसपछि बजेटको काम सुरु गर्नुपर्ने हुन्छ । तर अहिले सभामुखले संसद् स्थगित गरेर विदेश गएका बेला दलहरुबीच गम्भीर छलफल गरेर एउटा निकासाको बाटो खोल्नुको विकल्प छैन ।