२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब खेल चलिरहँदा मैदानमा घुसेर कोहलीको खुट्टा छोए फ्यानले



अ+ अ-

काठमाडौँ । आइपिएल–२०२४ को छैटौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

एम चिन्नास्वामी रंगशालामा सोमबार भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । जवाफमा बैंगलोरले ४ बल बाँकी रहँदै ६ विकेटमा १७७ रनको लक्ष्य पुरा गरेको थियो ।

खेलका क्रममा एक युवा फ्यानले सुरक्षा घेरालाई चकित पारेर विराट कोहलीलाई भेट्न मैदानमा आएका थिए । रोयल च्यालेन्जर्स बैंगलोरले दोस्रो इनिङ्समा रन पछ्याउन सुरु गर्दा विराट कोहलीले स्ट्राइक गरिरहेका थिए ।

यसै क्रममा कोहलीलाई एक फ्यान पिचमा आएर उनको खुट्टा छोएपछि अँगालो हालेका थिए । तर, त्यही क्रममा सुरक्षाकर्मीले फ्यानतर्फ दौडेर उनलाई तुरुन्तै मैदानबाट बाहिर निकाले ।

यस्तो भएको पहिलो पटक भने होइन । यसअघि पनि फ्यानहरु मैदान छिरेर कोहलीलाई भेट्ने गरेका घटनाहरु छन् ।