२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको दोस्रो चरणको तालिका सार्वजनिक, फाइनल २६ मेमा चेन्नईमा हुने (तालिकासहित)



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ को दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । लोकसभाको मिति घोषणापछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बाँकी खेलको तालिका सार्वजनिक गरेको हो ।

बीसीसीआईले सोमबार जारी गरेको तालिका अनुसार लिगको चालू सिजनको दोस्रो चरणको सुरुवात अप्रिल ८ मा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीचको रात्रिकालीन खेलबाट हुनेछ ।

यो खेल चेन्नईको घरेलु मैदान चेपौक मैदानमा हुनेछ । यस सिजनको फाइनल मे २६ मा चेन्नईमा हुनेछ ।

आईपीएल आयोजक समितिले २२ फेब्रुअरीमा पहिलो दुई साताका २१ खेलको तालिका सार्वजनिक गरेको थियो । त्यसपछि लोकसभा चुनावका कारण बाँकी खेलको तालिका सार्वजनिक भएको थिएन ।

आईपीएलको गत सिजनको उपाधि महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सले जितेको थियो । अहमदाबादमा भएको फाइनल खेलमा टोलीले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको थियो । यस प्रतियोगितामा चेन्नई र मुम्बई इन्डियन्सले ५/५ उपाधि जितेका छन् ।

1711346895837_TATA IPL 2024 Schedule F