२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसेल आईपीएलमा २०० छक्का हिर्काउने नवौं खेलाडी



अ+ अ-

एजेन्सी । आईपीएलमा पहिलो डबल हेडर शनिबार खेलिएको थियो । दिनको पहिलो खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो । साँझ भएको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गर्‍यो ।

कोलकाताका आन्द्रे रसेलले आईपीएलमा २०० छक्का पूरा गरेका छन् । उनी यस्तो गर्ने ९औं खेलाडी बनेका छन् । उनी समग्रमा ९औं र यो गर्ने तेस्रो क्यारेबियन खेलाडी बने । यसअघि वेस्ट इन्डिजका क्रिस गेल र केरोन पोलार्डले पनि २०० भन्दा बढी छक्का प्रहार गरिसकेका छन् ।

आईपीएलमा गेलले सर्वाधिक छक्का (३५७) प्रहार गरेका छन् । योसँगै भारतीयहरूबीच यो कीर्तिमान रोहित शर्माको नाममा छ, उनले २५७ छक्का प्रहार गरेका छन् । २०० भन्दा बढी छक्का प्रहार गर्ने खेलाडीमा भारतका ४ र वेस्ट इन्डिजका ३ खेलाडी छन् । त्यस्तै दक्षिण अफ्रिका र अस्ट्रेलियाका एक–एक खेलाडी छन् ।

एबी डिभिलियर्स – २५१ छक्का
महेन्द्र सिंह धोनी – २३९ छक्का
विराट कोहली – २३५ छक्का
केरोन पोलार्ड – २२३ छक्का
सुरेश रैना – २०३ छक्का