२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

महालक्ष्मी ९ को ‘वडा अध्यक्ष कप बुद्धिचाल’ नेपाल च्याम्पियन रुपेशले जिते

महालक्ष्मी ९ को ‘वडा अध्यक्ष कप बुद्धिचाल’ नेपाल च्याम्पियन रुपेशले जिते
अ अ+ अ-

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा पहिलोपटक भएको प्रथम वडा अध्यक्ष कप -यापिड चेस प्रतियोगिता—२०८० को उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले जितेका छन् ।

चैत ९ र १० गते लामाटारको शम्भुचौरस्थित कर्भड हलमा आयोजित सो प्रतियोगिताका विजयी नेपाल च्याम्पियन फिडे मास्टर रुपेशले ‘वडा अध्यक्ष कप बुद्धिचाल’ को आकर्षक ट्रफिसहित २५ हजार नगद, पदक र प्रमाणपत्र पाए ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीको पहलमा सञ्चालन भएको प्रतियोगितामा तीनपटक राष्ट्रिय च्याम्पियन भईसकेका बद्रीलाल नेपाली दोस्रो र थापाथली चेस पार्क क्लवका सुशील चौधरी तेस्रो स्थानमा रहे । बद्रीले नगद १५ हजार र सुशीलले नगद १० हजार प्राप्त गरे ।

महालक्ष्मी नगर बुद्धिचाल संघको समन्वयमा भएको खेल अन्तर्गत काठमाडौका बिजेश राजकर्णिकार चौथो स्थान र उदीयमान खेलाडी शुश्रुत दाहाल पाँचौ स्थानमा रहे ।
प्रतियोगितामा काभ्रेका फिडे मास्टर क्षितिज भण्डारी, झापाका युवा राजन सुवेदी, मकवानपुरका युवा मिलन लामा र ललितपुरका सुरोज महर्जन क्रमशः छैटौं देखि दशौ स्थानमा रहन सफल भए ।

३३ जना खेलाडीलाई नगद पुरस्कार व्यवस्था गरिएको प्रतियोगितामा महिलातर्फ श्रीलंकाका सचिने रणसिंगे प्रथम भईन भने सिन्दिरा जोशी र पुनम प्रसाईं तेस्रो भईन । रणसिंगे सो प्रतियोगितामा भाग लिने पहिलो विदेशी खेलाडी हुन । उनी केही दिनपछि बुटबलमा आयोजना हुन लागेको अन्तराष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगितामा भाग लिन केही दिन अघिमात्र नेपाल आएकी हुन् ।

सजिन महर्जन र संजय महर्जन ललितपुर विजेता र उपविजेता भए भने महालक्ष्मी नगरपालिकातर्फ कमल श्रेष्ठ र अशोकमोहन श्रेष्ठ प्रथम र दोस्रो स्थानमा रहे । भेट्रानमा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार उत्कृष्ट ठहरिए चने जगन्नाथ ताम्रकार दोस्रो भए ।

अनरेटेडमा शैलेश श्रेष्ठ र यु १२ मा अग्रता आचार्य उत्कृष्ट भए । प्रतियोगितामा ११६ जना शीर्षस्थ खेलाडीहरुको सहभागी रहेको थियो ।

महालक्ष्मी महानगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ उपप्रमुख लक्ष्मी महर्जन,आयोजक वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटी तथा नेपाल बुद्धिचाल महासंघका कावा अध्यक्ष हेराकाजी महर्जन विजेतालाई नगद पुरस्कार , प्रमाणपत्र, आकर्षक ट्रफि र मेडल प्रदान गरे ।

समापन कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, नेपाल बुद्धिचाल महासंघका कावा अध्यक्ष हेराकाजी महर्जन, प्रमुख निर्णायक सोराज ताम्राकार र वडासदस्य शशीधर पोखरेलले विजयी खेलाडीलाई वधाई दिएका थिए ।

खेल आयोजक वडा नं.९ का अध्यक्ष जयकृष्ण बोगटीले वडाको विकास र वडामा अनुकरण गर्नसक्ने रचनात्मक कार्य निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरे ।