२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव

भागरथी भट्टको हत्या : बटुवा खोज्दै प्रहरी

भागरथी भट्टको हत्या : बटुवा खोज्दै प्रहरी
अ अ+ अ-

बैतडी । बैतडीमा भएको भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी आठ दिनदेखि अन्योलमा छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीसहितको टोली घटनास्थलमै छ । तर, हत्याको सुराक नलाग्दा प्रहरी हैरान भएको छ । बैतडीको दोगडा केदार गाउँपालिका–७  की १७ वर्षीया भट्टको माघ २१ गते स्थानीय लवलेक सामुदायिक वनमा हत्या भएको थियो । जिल्ला अस्पतालको पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोटेर हत्या गरिएको पुष्टि गरेको थियो । अनुसन्धानका लागि प्रहरीले १० वटाभन्दा बढी टोली गाउँगाउँ परिचालन गरेको छ ।

दोगडा केदार गाउँपालिकाको केन्द्र रहेको खोचलेकदेखि मृतक बालिकाको घर जाने सडकमा त्यस दिन क–कसले यात्रा गरेका थिए त रु यही कुरा पत्ता लगाउन प्रहरी बढी खटिरहेको छ । प्रहरीले खोलचेक बजारदेखि केहीमाथि सिल्ल भन्ने स्थानसम्म भागरथी आएको भनेर देख्ने मान्छे पत्ता लगाइसकेको छ ।

‘उनले चाउचाउ खाँदै बसिरहेकी देख्ने मान्छे फेला परेका छन्,’ मृतकका आफन्त शिवराज भट्टले भने । केही दिनपहिले मृतकको कपाल बाँध्ने रबर सर्टको बटन आदि भेटिएका थिए । मोबाइल लोकेसनको आधारमा उनको हत्या शव भेटिएकै आसपासमा भएको प्रहरीले अनुमान लगाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।