२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रक र मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु



अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार वडा नं २९ दासढुङ्गामा आज बिहान ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएका थिए । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ७६४ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।

आज बिहान १:५० बजे भएको दुर्घटनामा परी लामा गम्भीर घाइते भएर उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । लामाको उपचारका क्रममा मृत्यु भएको हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस