२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग आज सांसदको प्रश्नोत्तर, रविका विषयमा के भन्लान् ?



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् ।

बिहान ११ बजे सुरु हुने बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले दिने छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो ।

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने उल्लेख छ । यो कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरुले प्रश्न सोध्न सक्नेछन् ।

प्रधानमन्त्रीलाई सोधिन प्रश्नहरु सांसदहरुले संसद् सचिवालयमा टिपाइसकेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा नेपाली कांग्रेसले प्रश्न उठाउँदै आएको छ । विशेष गरी सहकारी ठगीमा संलग्न रहेको भन्दै कांग्रेसले लामिछानेको राजीनामा मागेको छ । यस विषयमा प्रधानमन्त्री जवाफ दिनुपर्ने अडान पनि कांग्रेसको छ । यस विषयमा पनि प्रधानमन्त्री दाहालले स्पष्ट पार्नुहुने भएको छ ।